शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुपन्देहीमा गोली चल्यो, एकजनाको मृत्यु

आइतबार, २९ भदौ २०७६, १५ : २८
आइतबार, २९ भदौ २०७६

बुटवल– रुपन्देहीको रोहिणी गाउँपालिका –३ मा अज्ञात समूहको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

दिउँसो अज्ञात व्यक्तिको गोली लागेर  रोहिणी गाउँपालिका ३ का ३७ वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

गोली कसले र किन चलायो भन्ने खुल्न नसकेको रघटनाबारे अनुसन्धान भईरहेको रुपन्देही प्रहरीका एसएसपी हृदय थापाले  बताए ।

स्थानीयले भने कुर्मी बैंकबाट रकम निकालेर आउँदै गर्दा बाइकमा आएको डाकाको समूहले गोली हानेको दाबी गरेका छन् ।

उनीहरुले कुर्मीसँग भएको रकम पनि लुटेको स्थानीयको बताएका छन् । प्रहरीले डाका समुहबारे खुलाएको छैन् ।

 रुपन्देहीको रोहिणी क्षेत्र जिल्ला लुटपाट हुने स्थानमा पर्दछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप