शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रियंका अघि यी नायिकासँग थियो निक जोनसको अफेयर, यसकारण जेठा युवतीलाई गर्दथे डेट

सोमबार, ३० भदौ २०७६, ११ : ०६
सोमबार, ३० भदौ २०७६

हलिउड गायक, नायक एवं प्रियंका चोपडाका श्रीमान् निक जोनस सेप्टेम्बर १६ मा आफ्नो २७ औं जन्मदिन मनाइरहेका छन् । निक जोनस र प्रियंका चोपडाको सन् २०१८ डिसेम्बरमा विवाह भएको थियो । प्रियंकाअघि निक जोनसले आफैभन्दा जेठा अन्य नायिकालाई डेट गरिसकेका छन् । निकले एक च्याट शोमा यस्तो गर्नुको कारण पनि बताएका थिए ।

निक जोनसले सन् २०१३ मा एक च्याट शोमा अहिलेसम्म जति पनि युवतीलाई उनले डेट गरे तीमध्ये सबैभन्दा जेठी ३५ वर्षकी महिला भएको जानकारी दिए ।

निकले यस्तो गर्नुको कारणबारे खुलासा गर्दै भने, ‘किनभने उनीहरुलाई के चाहिन्छ त्यो उनीहरुलाई राम्रोसँग थाहा हुन्छ ।’

निकले ५५ वर्षकी नायिका डेमी मुर्सलाई डेट गरिसकेका छन् । रिपोर्टका अनुसार यी दुईको डेमीकी छोरी रुमर मिल्समार्फत् भएको थियो । यसबाहेक निक आफूभन्दा सात वर्ष जेठा अष्ट्रेलियन नायिका डेल्टा गुडरेम  (३३ वर्ष) र १३ वर्ष जेठी केट हड्सन (३८ वर्ष)लाई पनि डेट गरिसकेका छन् ।

यो रोगबाट ग्रसितः

निक जोनस १३ वर्ष अघि मधुमेहबाट ग्रसित भएका थिए । निक जोनसले सोसल मिडियामा आफ्नो यो रोगबारे खुलासा गरेका थिए । निक जोनसले आफ्ना दुई फोटो सेयर गर्दै लेखेका थिए, ‘१३ वर्ष अघि मलाई टाइप वन डायबिटिज लागेको थाहा भएको थियो । मेरो दायाँपट्टीको फोटो मधुमेह लागेको थाहा भएको केही हप्तापछिको हो । मेरो तौल सय पाउन्डभन्दा कमै थियो ।’

निकले आफ्नो पोष्टमा थपे, ‘मैले आफ्नो खान्की पूर्ण रुपमा नियन्त्रण गरेँ । त्यसबाहेक आफ्नो स्वास्थ्यमा पनि मैले विशेष ध्यान दिएँ । मैले दैनिक व्यायाम गरेर आफ्नो ब्लड सुगर परीक्षण गर्दथेँ । मैले अब यो रोगलाई नियन्त्रण गरेको छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप