संजय दत्तलाई जब अपहरण गर्ने कोसिस गरिरहेका थिए डाँकुः बुवा सुनिललाई सोधिएको थियो, ‘कति पैसा दिन्छौ ?’
बलिउड नायक संजय दत्त आजकाल फिल्म प्रस्थानमको प्रोमोशनमा व्यस्त छन् । हालै यसै सिलसिलामा संजय श्रीमती मान्यता दत्तसँग द कपिल शर्मा शोमा पुगेका थिए । यतिबेला उनले आफूसँग सम्बन्धित एक चकित पारिदिने खुलासा गरे । संजय दत्तले उनलाई एकपटक डाँकुले अपहरण गर्ने कोसिस गरेको जानकारी दिए ।
वास्तवमा कपिल शर्माले आफ्नो कार्यक्रममा संजय दत्तसँग फिल्म ‘मुझे जिने दोको सुटिङका क्रममा तपाईंलाई डाँकुले अपहरण गरेको थियो भन्ने अफवाह फैलिएको थियो, के त्यो सही हो ?’ भनेर सोधे ।
जवाफमा उनले भने, ‘यो साँचो हो कि डाँकुले मलाई अपहरण गर्ने कोसिस गरेका थिए । रुपा नामका डाँकू त्यतिबेला निकै चर्चित थिए जसले ग्यांग चलाउँथे । त्यतिबेला म निकै सानो थिएँ र उनीहरुलाई मलाई आफ्नो काखमा बसाए । उनीहरुले मेरो बुवालाई अहिलेसम्म कति पैसा फिल्ममा लगाएको छौ भनेर सोध्दा बुवाले १५ लाख रुपैयाँ भने । त्यसपछि उनीहरुले यसलाई (संजय दत्त)लाई अपहरण गर्दा कति पैसा दिन्छौ नेर सोधे । त्यसपछि यो घटनापछि बुवाले आमा र मलाई मुम्बई फिर्ता पठाउनुभयो ।’
कपिल शर्मा शोमा उपस्थित हुन यत्तिका समय किन लाग्यो भनेर सोध्दा उनले भनेका थिए, ‘हाम्रो तारा मिलिरहेका थिएनन् । जब तपाईंको शो थियो तब म भित्र (जेलमा) थिएँ । जब म बाहिर आएँ तब तपाईंको शो बन्द भयो ।’ संजयको कुरा सुनेर सबैजना हाँस्न थाले ।
संजय दत्त फिल्म प्रस्थानममा बलदेव प्रताप सिंहको भूमिका निभाइरहेका थिए । फिल्ममा उनीबाहेक मनिषा कोइराला, अलि फजल, ज्याकी श्रोफ, चंकी पाण्डेजस्ता कलाकार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर पुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण
-
टीआरसीको बहानामा देउवा–प्रचण्ड भेटले जन्माएको आशङ्का !
-
सुस्त मनस्थितिकी बालिकालाई करणी गर्ने युवकविरुद्ध मुद्दा
-
सुदूरपश्चिम सरकारद्वारा मुक्तकमैया हलिया कमलरी पुनर्स्थापना कार्यविधि पारित
-
आगामी वर्ष ७५३ वटा स्थानीय तहले ७७ अर्ब ५० करोड राजस्व पाउने