शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डेंगु रोगबारे पर्याप्त अनुसन्धान गरिएको दाबी

सोमबार, ३० भदौ २०७६, १६ : ५८
सोमबार, ३० भदौ २०७६

काठमाडौं– नेपाल स्वास्थ्य अनुसन्धान परिषदले डेंगु रोगबारे पर्याप्त अनुसन्धान गरिएको स्पष्ट पारेको छ । डेंगु रोगबारे आवश्यक अनुसन्धान समेत नगरिएको भन्दै सरकारको आलोचना भईरहेका बेला नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सोमबार पत्रकार सम्मेलन गरी सो रोगबारे मिहिन ढंगले अनुसन्धानको काम गरिएको प्रष्टयाएको हो ।

सो रोग लाग्नुको कारणबारे मिहिन ढंगले अनुसन्धान भइसकेको परिषदका अध्यक्ष डा.अञ्जनीकुमार झाले जानकारी दिए । उनले सो रोगबारे अनुसन्धान नै नभएको भन्ने भनाईमा कुनै सत्यता नरहेको पनि बताए ।

परिषदले सो रोग लाग्न नदिन जनचेतनामूलक कार्यक्रम सञ्चालनको काम पनि सुरु गर्ने घोषणा गरेको छ । परिषदका अध्यक्ष झाले सो रोगलाई लाग्न नदिने गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए । घरभित्र र घर वरपर विशेष ढंगले सफाई गरे सो रोगको संक्रमण नहुने परिषदले जनाएको छ । परिषदले सो रोग लाग्ने लामखुट्टेको नियन्त्रणका लागि घरभित्र र बाहिर कुनै पनि ठाउँमा पानी जम्न दिन नहुनेतर्फ पनि सचेत गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप