शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिद्धार्थ बैंकका शेयरधनीलाई २५.२६ प्रतिशतको आकर्षक लाभांश प्रस्ताव

मङ्गलबार, ३१ भदौ २०७६, १६ : ३३
मङ्गलबार, ३१ भदौ २०७६

काठमाडौं– सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफा तथा संचित रकम समेतबाट बैंकका शेयरधनीहरुलाई २५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

मिति २०७६/५/३० मा बसेको सञ्चालक समितिको ३२३औं बैठकले आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र १५.२६ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशको कर प्रयोजनका लागि समेत) गरी कुल २५.२६ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

बैंकको हालको चुक्ता पूँजी ८ अर्व ८८ करोड ७६ लाख ४ हजार ५ सय ४० मा १० प्रतिशत बराबरको ८८ करोड ८७ लाख ६० हजार ४ सय ५४ बोनस शेयर तथा १५.२६ प्रतिशत बराबरको १ अर्ब ३५ करोड ६५ लाख २९ हजार १ सय १४ नगद लाभांश प्रस्ताव गरेको हो । 

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति पश्चात साधारण सभाबाट पारित भएपछि वितरण गरिने बैंकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप