चौथो अधिवेशनमा राष्ट्रियसभाको ५१ वटा बैठक : १९ विधेयक पारित
काठमाडौं– संघीय संसदको चौथो अधिवेशनमा राष्ट्रिय सभाको ५१ बैठकले १९ वटा विधेयक पारित गरेको छ । गत बैशाख १६ गतेदेखि सुरु भएको राष्ट्रियसभाको बैठक असोज २ गतेसम्म १ सय ४५ दिन चलेको छ ।
यो ५१ वटा बैठक बसी १ सय १० घण्टा २० मिनेट सभाको काममा समय व्यतित गरेको राष्ट्रियसभाले जनाएको छ ।
राष्ट्रियसभाले यो सत्रमा गरेको महत्वपूर्ण कामहरुमा आर्थिक वर्ष २०७६।७७ को लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि २०७६ वैशाख २३ र २४ गते छलफल भई बहुमतबाट पारित गर्नु, अधिवेशन अवधिमा १९ वटा विधेयकहरू पारित गर्नु रहेको छ ।
तेस्रो अधिवेशन अवधिमा सभामा उत्पत्ति भई यस अधिवेशन अवधिमा पारित गरिएका विधेयकहरूमा प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५, राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५, शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५, प्रशासकीय अदालत विधेयक, २०७५, विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५ रहेको छ ।
यस्तै प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त भई सभाबाट पारित गरिएका विधेयकहरूमा विनियोजन विधेयक, २०७६, आर्थिक विधेयक, २०७६, राष्ट्र ऋण उठाउने विधेयक, २०७६, ऋण तथा जमानत (तेइसौं संशोधन) विधेयक, २०७६, वन विधेयक, २०७५, वातावरण संरक्षण विधेयक, २०७५, प्रहरी समायोजन विधेयक, २०७५, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक, २०७५, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५, भूमि सम्बन्धी (आठौं संशोधन) विधेयक, २०७५, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०७५, सेफगार्ड्स, एण्टी–डम्पिङ्ग तथा काउन्टरभेलिङ्ग विधेयक, २०७५, औद्योगिक व्यवसाय विधेयक, २०७५ र राहदानी विधेयक, २०७५ लाई पारित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभा उपनिर्वाचनको अङ्कगणित : एमाले ढुक्क, कांग्रेस चलखेलको प्रयासमा
-
यस्तो छ क्रिकेट खेलाडीको नयाँ वर्गीकरण, को कुन ग्रेडमा ?
-
सन्दीपको निलम्बन फुकुवा : के भएको थियो बोर्ड बैठकबाट निर्णय पारित हुँदा ?
-
नेपाली काँग्रेस लुम्बिनीमा २१ वटा विभाग गठन , कोको समेटिए ?
-
परराष्ट्र नीतिलाई समयसापेक्ष बनाउन परामर्श गरिनेछ : परराष्ट्रमन्त्री पौड्याल
-
भारत सरकारले ल्यायो ४५ लाख करोड भारुको बजेट, कस्ता छन् योजना ?