मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा यौन दुर्व्यवहारको आरोपमा पूर्वमन्त्री पक्राउ

शुक्रबार, ०३ असोज २०७६, २२ : ४६
शुक्रबार, ०३ असोज २०७६

शाहजाहनपुर- युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा भारतमा एक जना पूर्वमन्त्री तथा सत्तारुढ दलका नेतालाई गिरफ्तार गरिएको छ ।  भारतीय जनता पार्टीका नेता स्वामी चिनमायानन्दलाई उत्तर प्रदेशकी एक विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा गिरफ्तार गरिएको हो । 

“चिनमायानन्दलाई उहाँकै घरबाट पक्राउ गरिएको छ, उहाँको स्वास्थ्य अवस्था गम्भीर छ,” चिनमायानन्दका वकिल पूजा सिंहले भनिन् । “उहाँलाई अहिले चिकित्सकको निगरानीमा राखिएको थियो । म उहाँको वकिल भएपनि मलाई उहाँसँग भेट्न दिइएको छैन ।”

पक्राउ गरेपछि चिनमायानन्दलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो । “उहाँलाई नियमितरूपमा स्वास्थ्य परीक्षणका लागि ल्याउने गरिएको छ,” एक चिकित्सकले भने । Photo: Ajatak

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप