प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस
शनिबार, ०४ असोज २०७६, ०७ : २२
गृह मन्त्रालयले नेपाल प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस गरेको छ । तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र दुई उपरीक्षक(एसपी)सहित ३ हजार ५९६ दरबन्दी थप्न प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरिएको छ ।
नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण’(ओएनएम) नबनाई गृहले दरबन्दी थप्न प्रस्ताव गरेको हो ।
गृहमन्त्री रामबहादुर थापाले स्वीकृत गरेको उक्त प्रस्ताव गृहसचिव प्रेमकुमार राईले मुख्यसचिव लोकदर्शन रेग्मीसमक्ष पेश गरेका छन् । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट दरबन्दी थपको प्रस्ताव स्वीकृत हुने गृहका एक अधिकारीले जानकारी दिए । यो समाचार कान्तिपुर दैनिकमा मातृका दाहालले लेखका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टोइनिसले बनाए नयाँ कीर्तिमान
-
प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर थानीबिच ‘वान टु वान’ वार्ता
-
फष्टलुक्समा यस्तो देखियो ‘घरज्वाइँ’
-
आज कहाँ–कहाँ हुन्छ सडक अवरुद्ध ?
-
करेन्ट लागेर विद्युत् प्राधिकरणका एक कर्मचारीको मृत्यु
-
नेपालमा जनावरको दुधबाट मान्छेमा बर्ड फ्लुको ‘एच–फाइभ एन–वान’ भाइरस सरेको देखिएको छैन : विज्ञ