बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

९२ औं ओस्कारमा भारतको आधिकारिक फिल्म ‘गली बोय’ छनौट

आइतबार, ०५ असोज २०७६, १२ : ३९
आइतबार, ०५ असोज २०७६

एजेन्सी । जोया अख्तरद्वारा निर्देशित फिल्म ‘गली बोय’ यो वर्षको ओस्करको अन्तराष्ट्रिय फिचर फिल्म विधामा भारतबाट प्रतिस्पर्धा गर्न पठाइने आधारिक फिल्म बनेको छ । 

शनिबार ‘फिल्म फेडरेसन अफ इण्डिया(एफएफआई)’ले भारतबाट ओस्कार पठाइने आधिकारिक फिल्मको रुपमा ‘गली बोय’को नाम घोषणा ग¥यो ।  

एफएफआईले गठन गरेको ओस्कार छनौट समितिको नेतृत्व निर्देशक अर्पना सेनले गरेकी थिइन् । शनिबार एक समारोहमा सेनले ‘गली बोय’ छनौट भएको जानकारी दिईन् । 

‘छनौटको क्रममा लोकतान्त्रिक प्रक्रिया अपनाइएको थियो । हामीले लामो समय लगाएर सम्भावित सबै फिल्मबारे छलफल ग¥यौं । अन्तिममा हामीले ‘गली बोय’ छान्यौं ,’ सेनले भनिन् । 

सेनाको नेतृत्वमा रहेको निर्णायक मण्डलले २८ फिल्ममध्यबाट औपचारिक चयन छनौट गर्नुपर्ने थियो । त्यसमध्य एउटा गुजराती फिल्म ‘चल लेभी लिए’ सुरुमै अयोग्य ठहरिएपछि संख्या २७ पुगेको थियो । 

गली बोयको छनौटबारे एफएफआईका अध्यक्ष फिरदोसुल हसनले सकारात्मक प्रतिक्रिया दिएका छन् ,‘ रणभीर सिंह–अलिया भट्ट अभिनित फिल्मको छनौट निक्कै सही छ । निर्णायक मण्डलले जुन मेहनतका साथ काम गरेको छ त्यसको लागि हामी कृतज्ञ छौं ।’

‘गली बोय’का निर्माता रितेस सिधवानी र फरहान अख्तर हुन् । फिल्मका निर्माता फरहान अख्तरले एक ट्वीट गर्दै आफूले निर्माण गरेको फिल्म ९२औं ओस्कारमा भारतको औपचारिक चयनको रुपमा छानिएको भन्दै फिल्मसँग जोडिएका सबैलाई धन्यवाद दिएका छन् ।  
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप