बिग बसको लञ्चिङमा फोटोग्राफरमाथि भड्किए सलमान खानः भने, ‘ममाथि प्रतिबन्ध नै लगाउ’
विवादित कार्यक्रम ‘बिग बस’ को १३ औं सिजनको लञ्चिङ कार्यक्रम सोमबार मुम्बईमा आयोजना गरियो । यतिबेला सलमान खानले मिडियासँग कुराकानी गरेर कार्यक्रमबारे जानकारी दिए । कार्यक्रमका थुप्रै भिडियो सोसल मिडियामा सार्वजनिक भएका छन् जसमध्ये एकमा सलमान एक फोटोग्राफरसँग बहस गरिरहेको देखिएका छन् । भिडियोमा उनले फोटोग्राफरलाई निकै रिसाएर भनेका छन्, ‘यदि मसँग समस्या छ भने, ममाथि प्रतिबन्ध नै लगाउ ।’
स्पटबोयका अनुसार सलमान स्टेजमा आउँदै गर्दा ती फोटोग्राफरले सलमानको बाटो छेकेर फोटो खिच्न लाग्दा उनी रिसाएका थिए । त्यसपछि सलमान स्टेजमा पुग्नेबित्तिकै उनीमाथि रिस पोखिहाले । सलमानले प्रेसका अन्य व्यक्तिलाई पनि ती पत्रकारको विषयमा केही निर्णय लिनका लागि आग्रह गरे ।
बिग बसको १३ औं सिजनको प्रिमियर २९ सेप्टेम्बर आइतबार ९ बजे हुनेछ । सोमबादेखि शुक्रबार यो कार्यक्रम राती साढे १० बजे प्रशारण हुनेछ । विकेन्डमा अर्थात् शनिबार र आइतबार यो राती ९ बजे प्रशारण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा