शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमिताभ बच्चनले पाए भारतको सिनेमा क्षेत्रको सबैभन्दा प्रतिष्ठित दादा साहेब फाल्के पुरस्कार

बुधबार, ०८ असोज २०७६, १५ : ३९
बुधबार, ०८ असोज २०७६

एजेन्सी– बलिउड अभिनेता अमिताभ बच्चनलाई दादा साहेब फाल्के पुरस्कार दिने घोषणा गरिएको छ । यसलाई भारतीय सिनेमा क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार मानिन्छ ।  यही वर्ष अमिताभ बच्चनले बलिउड फिल्ममा काम गर्न सुरु गरेको ५० वर्ष वर्ष पुगेको छ । 

बच्चनलाई पुरस्कार दिएको जानकारी भारतका केन्द्रीय सूचना प्रसारण मन्त्री प्रकाश जावडेकरले दिएका हुन् । जावडेकरले ट्वीटरमा लेखेका छन् ,‘दुई पिढीलाई मनोरञ्जन र प्रेरणा दिएका प्रख्यात अमिताभ बच्चनलाई एकमतले दादा साहेब फाल्के पुरस्कारको लागि छानिएको छ । सम्पूर्ण देश र अन्तराष्ट्रिय समुदाय खुसी छन् । मेरो तर्फबाट उनलाई हार्दिक बधाई ।’

बलिउडमा अमिताभ बच्चन ‘महानायक’ र ‘बिग बी’को नामले चर्चित छन् । उनको पहिलो फिल्म ‘सात हिन्दूस्तानी’ थियो । यो फिल्म सन् १९६९ मा प्रदर्शन भएको थियो ।  सन् १९७३ मा प्रदर्शनी भएको प्रकाश मेहरा निर्देशित फिल्म ‘जन्जीर’ बाट अमिताभ बच्चनले बक्स अफिसमा सफलताको सुरुवात गरेका थिए । त्यसपछि झण्डै दुई दशकसम्म बच्चन हिन्दी भाषाको फिल्ममा सबैभन्दा सफल नायक बनिरहे । 

यही समयमा उनले ‘सुपरस्टार’ र ‘महानायक’ जस्ता उपाधी दिइएको थियो ।  सफलताको यो अवधिमा अमिताभ बच्चनले प्रकाश मेहराका साथ साथै मनमोहन देसाई, यश चोपडा र ऋषिकेश मुखर्जीसँग कयैन फिल्म गरे । 
करिअरको दोस्रो अवधिमा उनले नयाँ निर्देशकहरुसँग काम गरे । यो दौरान उनले ‘ब्ल्याक’ र ‘पा’ जस्तो प्रयोगधमी फिल्म गरे ।  अमिताभ बच्चाले टीभीमा पनि सफलताको नयाँ इतिहास रचे । सन् २००० बाट गेम शो ‘कौन बनेगा करोडपति’ को प्रस्तोतकर्ता रहे । 

अमिताभ बच्चनले चार राष्ट्रिय फिल्म पुरस्कार र १५ फिल्मफेयर अवार्डसमेत कयैंन पुरस्कार प्राप्त गरिसकेका छन् । सन् २०१५ मा उनलाई पद्य विभूषणबाट सम्मानित गरिएको थियो ।  ७६ वर्षको उमेरमा पनि अमिताभ बच्चन अझै निरन्तर सक्रिय छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप