बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यामाहाले ल्यायो दशैं तिहारमा ‘एक्सेञ्ज एण्ड अपग्रेड’ योजना

बुधबार, ०८ असोज २०७६, १९ : ०७
बुधबार, ०८ असोज २०७६

काठमाडौं– यामाहाको नेपाल स्थित एकमात्र आधिकारिक वितरक मोरङ अटो वक्र्सले बडा दशैं तथा तिहारलाई लक्षित गरेर नयाँ योजना ‘एक्सेञ्ज एण्ड अपग्रेड’ सार्वजनिक गरेको छ ।

यामाहा एक्सेञ्ज एण्ड अपग्रेड योजना अन्तर्गत यामाहा बाइकसँग जुनै ब्राण्डको प्रयोगमा आइसकेका बाइकहरु साट्न सकिनेछ र यामाहासँगै आफ्नो स्टाइल स्तरोन्नति गर्ने अवसर प्राप्त हुनेछ । 

देशभर छरिएर रहेका सबै यामाहा शोरुमहरुमा यो योजना यही असोज ६ गतेदेखि प्रारम्भ भई असोज १३ गतेसम्म लागू गरिएको कम्पनीले जनाएको छ ।

एमएडब्लुका बजार व्यवस्थापक बिक्रम शर्मा पौडेलले दशैं तिहारमा बाइकप्रेमीहरुको जीवनस्तर बदल्ने चाहनामा साथ दिन यो योजना अघि सारेको बताए । उनले स्टाइलिस, माइलेजको गुरु, मजबुत एवं हर तरहको लागि उपयुक्त यामाहासँग जोडिन आतुर आजका युवाहरुलाई यस योजनाले ऊर्जा प्रदान गर्ने बताए ।

यामाहा एक्सेञ्ज एण्ड अपग्रेड योजनामा पुराना जुनै ब्राण्डका टू–ह्वीलरहरुको न्यूनतम मुल्याँकन नै ३० हजार भन्दा कम नहुने कम्पनीले बताएको छ । साथै, प्रचलित बजार मूल्यभन्दा १५ हजार थप गरेर मुल्याँकन हुनेछ । यामाहा बाइक खरीदमा ७ हजार देखि १ लाखसम्मको नगद छुट, सामानहरु सित्तैंमा तथा शोरुम मै फाइनान्स सुविधा समेत प्रदान गरिने कम्पनीले बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप