बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जनताले भरोसा गरेको पार्टी रेलिङ भाँच्ने, कुर्सी तोड्ने काम गर्दैन : महामन्त्री कोइराला

बुधबार, ०८ असोज २०७६, २१ : ३४
बुधबार, ०८ असोज २०७६

काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले वर्तमान सरकार काण्डै काण्डमा फसेकाले विकासको कुनै काम गर्न नसकेको आरोप लगाएका छन् । 

 प्रेस युनियन खोटाङद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री कोइरालले भने , ‘बुढीगण्डकी काण्ड, बालुवाटारको जग्गा काण्ड र निर्मलाहत्या काण्ड जस्ता काण्डले भरिएको छ । यस्ता काण्डले भरिएको सरकारलाई जनताले चिन्न पर्‍यो ।’ 

वर्तमान सरकारले संविधानको समेत रक्षा गर्न नसक्ने अवस्था आएको भन्दै काँग्रेसले खबरदारी गरिरहेको उनले बताए । 
‘दुई तिहाईको दम्भ पालेर संविधानमाथि नै संकट पैदा गरेको छ । संविधानको रक्षा गर्नु काँग्रेसको जिम्मेवारी भएकाले भद्र तरिकाले प्रस्तुत भइरहेको छ । जनताले भरोसा गरेको पार्टी भएकाले प्रतिपक्षमा बसेर रेलिङ भाँच्ने, कुर्सी तोड्ने काम गर्दैन,’ महामन्त्री कोइरालाले भने ।


फरक प्रसंगमा काँग्रेसभित्रको गुटबन्दी आगामी अधिवेशनसम्म मात्र रहने उनको दाबी थियो ।
उनले भने, ‘कमजोरहरुले गुट–उपगुट चलाउँछन् । आउने अधिवेशनसम्म त्यसको अन्त्य हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप