बेलायती प्रधानमन्त्रीलाई सांसदहरूका प्रश्नै प्रश्न
एजेन्सी- बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई सांसदहरूले संसद् निलम्बनका बारेमा प्रश्नै प्रश्न गरेका छन् । संसद् निलम्बन गर्ने प्रधानमन्त्री जोनसनको निर्णय गैरकानुनी भएको फैसला बेलायती सर्वोच्च अदालतले सुनाएको भोलिपल्ट बसेको संसद् बैठकमा सांसदहरूले प्रश्नै प्रश्न गरेका हुन् ।
अदालतको फैसलापछि संयुक्त राष्ट्रसङ्घको महासभाका लागि तय गरेको भ्रमण छोट्याएर स्वदेश फर्किनु भएका प्रधानमन्त्री जोनसनले सांसदहरूको प्रश्नहरूको सामना गर्नुपरेको हो ।
सांसदहरूले प्रश्न गर्नेक्रममा प्रधानमन्त्री गैह्रजिम्मेबार भएको, गलत बाटोतर्फ गइरहेको, आफ्नो निर्णय गलत भएकाले राजीनामा दिनुपर्नेलगायतका विषयलाई उठाएका छन् ।
सांसदहरूले राजीनामाको विषयलाई धेरै उठाए पनि प्रधानमन्त्री जोनसनले भने तत्काल राजीनामा दिने संभावना नरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
उनका सहयोगीहरूले पनि जोनसनले राजीनामा नदिने र ब्रेक्जिटसम्बन्धी आफ्ना योजनामा उनी यथावत रहेको जनाएका छन् ।
उनीहरूले संसद् निलम्बन गर्ने सरकारको निर्णयको बचाउ गरेका छन् । ब्रेक्जिट अघिको पाँच हप्ता संसद् निलम्बन गर्ने विषय कानूनसम्मत नै रहेको उनीहरूको दाबी छ । उनीहरूले अदालतको फैसलाको सम्मान गर्ने तर त्यसमा असहमति भने रहेको बताएका छन् ।
संसद् निलम्बन गर्दा सरकारलाई जवाफदेही बनाउने अधिकारबाट सांसदहरू वञ्चित हुने भन्दै सर्वोच्च अदालतका ११ जना न्यायाधीशले निलम्बनको विपक्षमा सर्वसम्मत फैसला गरेका छन् ।
अदालतको फैसलापछि ब्रेक्जिटका लागि युरोपेली सङ्घसँग गर्नुपर्ने प्रधानमन्त्री जोनसनको बाँकी प्रक्रियालाई थप जटिलता थपिएको छ ।
हतारहतार न्यूयोर्कबाट स्वदेश फर्किएका प्रधानमन्त्री जोनसनले पनि सांसदहरूको प्रश्नको जवाफ दिने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
-
नाइटक्लब काण्डले सङ्कटमा बेन स्टोक्सको कप्तानी
-
उखान–टुक्का बिना चल्ने सरकार
-
पोल चढेर टेलिकमको तार चोर्दै गर्दा दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण