बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गण्डकी प्रदेशले घटस्थापनामा सार्वजनिक बिदा दिने

शुक्रबार, १० असोज २०७६, १५ : ३५
शुक्रबार, १० असोज २०७६

पोखरा– गण्डकी प्रदेश सरकारले आउँदो घटस्थापनामा सार्वजनिक बिदा दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले घटस्थापनामा विदा दिने निर्णय गरेको छ । 

प्रदेश सरकारकाका अनुसार विभिन्न क्षेत्रबाट बिदाको माग आएकाले घटस्थापना (आउँदो १२) गते बिदा दिने भएको हो ।

प्रदेश सरकारले वर्षमा  ६ दिन सार्वजनिक बिदा दिन पाउँछ । प्रदेश सरकारले पाउजे बिदामध्येबाट उक्त बिदा दिइएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप