शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मेस्सीविनै बार्सिलोनाको सहज जित

आइतबार, १२ असोज २०७६, ०९ : ०१
आइतबार, १२ असोज २०७६

साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगामा १० खेलाडीमा समेटिएर पनि सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई २–० गोलले हरायो ।

टोलीका कप्तान लियोनल मेस्सी र युवा स्टार अन्सु फातीविनै खेलेको बार्सिलोनाको जितमा लुईस स्वारेज र जुनियर फिर्पोले गोल गरेका थिए । मेस्सी र फातीलाई चोटका कारण टोलीमा समावेश नगरिएको हो । ४१औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई अगाडी बढाए । ४९औं मिनेटमा फिर्पोले गोलगर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाएका थिए ।

८२औं मिनेटमा क्लेमेन्ट लेङ्लेटले दोहोरो पहेंलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । तरपनि गेटाफेले गोल गर्न नसक्दा बार्सिलोना सजिलै विजयी भयो । जितसँगै बार्सिलोनाले सात खेलबाट १३ अंक जोडेको छ । बार्सिलोना चौथो स्थानमा छ । सात अंक बनाएको गेटाफे ११औं स्थानमा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप