शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बर्दिवासमा बजार अनुगमन सुरु गरियो

आइतबार, १२ असोज २०७६, १९ : ३८
आइतबार, १२ असोज २०७६

बर्दिवास– बडादशैंलाई लक्षित गरी बर्दिवास नगरपालिकाले आइतबारदेखी बजार अनुगमन शुरु गरेको छ । सो क्रममा बजारका अधिकांश पसल गैरकानूनी रुपमा सञ्चालन भएको पाइएको छ । नगरपालिकाका अनुगमन समितिका संयोजक एवं उपमेयर कृष्णमाया गौतमले अनुगमनका क्रममा अखाद्य र म्याद गुज्रेका सामान बिक्री गरेको, पसल दर्ता नगरी गैरकानूनीरुपमा सञ्चालन गरेको पाइएको दाबी गरिन् । 

उनले बजारका अधिकांश पसलहरुमा म्याद नाघेको सामान भेटिएकाले त्यस्ता अखाद्य पदार्थ नष्ट गरिने समेत बताइन् । उनले मिति नभएको अखाद्यवस्तु बिक्री वितरण नगर्न र पेटीमा राखेको सामान हटाउन कडा निर्देशन दिएकी छिन् । पसलहरुमा मूल्यसूची समेत नराखेको पाइएपछि तत्काल राख्न उनले कडा निर्देशन दिएकी छिन् ।

अनुगमनमा उपमेयर गौतम, खाद्य तथा गुण नियन्त्रण कार्यालय महोत्तरीका प्रमुख नविन देउजा, उद्योग बाणिज्य संघका उपाध्यक्ष कृष्णप्रसाद गौतम, राष्ट्रिय उपभोक्ता मञ्च महोत्तरीका अध्यक्ष दिपेन्द्र पराजुली लगायतको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप