बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

२५ जना भाग्यशालीहरु जो १ लाखका साथ मोटरसाइकल हाँकेर घर प्रस्थान

आइतबार, १२ असोज २०७६, १९ : ४२
आइतबार, १२ असोज २०७६

काठमाडौं– नेपालका लागि यामाहा मोटरसाइकलहरुको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले बडादशैंको सुखद उपलक्ष्यमा आफ्नो दशैं योजना भिक्ट्री शुभारम्भ गरेको छ ।

यस योजना अन्तर्गत यामाहा बाइक र मोटरसाइकलहरुमध्ये कुनैपनि एक खरीद गर्नेले हरेक दिन गरिने लक्की ड्रबाट रु. १ लाख नगद जित्ने मौका र कुनै पनि यामाहा मोटरसाइकलको खरीदमा रु.७ हजार देखि रु.१ लाख सम्म स्योर सट छुट प्राप्त गर्नेछन् । 

साथै केही पनि खरीद नगरेरै अर्को भिन्न सेल्फी प्रतियोगितामा हरेक हप्ता आइफोन एक्सएस जित्ने अवसर पनि यस योजनाले दिएको छ र यो हप्ताको विजेता नन्दा महर्जन भइन् ।

मनसुन झरीलाई बेवास्ता गर्दै हरेक दिन सयौं ग्राहकहरुले यामाहाको शोरुममा बाइकहरुको बारेमा जानकारी लिन तथा प्रतियोगितामा सहभागी भई भिक्टर बन्न भ्रमण गरिरहेका छन् ।

यसरी भ्रमण गरेका १ हजार भन्दा बढी सहभागीहरुमध्येबाट २५ जनाले भिक्टर बनेर १/१ लाख रुपैयाँ जितिसकेका छन् ।

नेपालमा यामाहा बाइकहरु एक अत्यन्त विश्वसनीय ब्राण्डको रुपमा चिरपरिचित छन् । यथार्थमा यामाहा बाइकहरु अत्याधुनिक नवीनतम प्रविधियुक्त छन् र चलाउनलाई भरपूर आनन्द प्रदान गर्ने विशेषताहरुले परिपूर्ण छन् । यस योजनामा ८ हजार भन्दा बढीको संलग्नता रहिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप