शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पार्किङ गरी राखेको माइक्रोबस तोडफोड गर्ने २ जना पक्राउ

सोमबार, १३ असोज २०७६, १३ : ०८
सोमबार, १३ असोज २०७६

काठमाडौं- काठमाडौं महानगरपालिका ३१ शंखमुलमा पार्किङ गरी राखेको बा ४ ख २०५६ नम्बरको हाईस माइक्रोबस तोडफोड गर्ने कार्यमा संलग्न २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 
    
पक्राउ पर्नेहरुमा काठमाडौं बालाजु बस्ने गोरखा मैलुङ गाउँपालिका ८ घर भएका २२ वर्षीय निशान जंग थापा र काठमाडौं शंखमुल बस्ने उदयपुर कटारी घर भएका २२ वर्षीय हिमाल खड्का रहेका छन् । 

मादक पदार्थ सेवन गरेका उनीहरुले उक्त माइक्रोबस तोडफोड गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । तोडफोडबा माईक्रो बसको अगाडी र दाहिने साईडको शिशा क्षति भएको छ । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप