शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मास्क लगाए जरिवानासहित जेल

शनिबार, १८ असोज २०७६, ०७ : ४३
शनिबार, १८ असोज २०७६

काठमाडौं– हङकङमा शनिबारदेखि मास्क लगाउन नपाइने भएको छ । मास्क लगाएर मुख लुकाउनेलाई जरिवानासहित जेल सजाय हुन्छ । 

अक्टोबर ४ को मध्यराति १२ बजेदेखि यो नियम लागू भएको हो ।  

नियम उलंघन गर्नेलाई २५ हजार हङकङ डलर जरिवानाका साथै १ वर्षसम्म कैद हुन सक्नेछ । 

विवादास्पद सुपुर्दगी विधेयक फिर्ताका बाबजुत प्रदर्शनकारीहरुले हङकङमा तोडफोड जारी राखेका छन् । गत जुलाईदेखि भइरहेको तोडफोडमा संलग्नले मुख छोपेका कारण पहिचान कठीनाइ भएपछि हङकङले मास्क

निषेधको नीति लिएको हो । कान्तिपुर दैनिकमा यो खबर छापिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप