बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आफ्नै घरेलु मैदानमा सिटीलाई वुल्भ्सको झड्का, युनाइटेड पनि पराजित

सोमबार, २० असोज २०७६, १० : ४८
सोमबार, २० असोज २०७६

एजेन्सी । साबिक विजेता म्यान्चेस्टर सिटी आफ्नै घरेलु मैदानमा वुल्भरह्याम्पटन वान्डरर्ससँग पराजित भएको छ । योसँगै सिटी प्रिमियर लिगको दौडमा शीर्ष स्थानमा रहेको लिभरपुरभन्दा आठ अंकले पछि परेको छ ।

आइतबार सम्पन्न खेलमा सिटी वुल्भससँग २–० गोलअन्तरले पराजित भयो ।

खेलको अन्त्यतिर एडक ट्राओरेले दुई गोल गरेपछि वुल्भ्सले सिटीलाई १९७९ पछि पहिलो पटक पराजित गर्न सफल रह्यो ।

पछिल्लो ४५ लिग खेलमा सिटीले गोल गर्न नसकेको यो दोस्रो अवसर मात्र थियो ।

८ खेलपछि सिटीको १६ अंकसहित लिगको दोस्रो स्थानमा कायम रहेको छ ।

उता, म्यान्चेस्टर युनाइटेड पनि न्युक्यासल युनाइटेडसँग १–० गोल अन्तरले पराजित भयो । न्युक्यासलको जीतमा १० वर्षीय म्याटी लङस्टाफले खेलको ७२ औँको मिनेटमा निर्णायक गोल गरे । हारसँगै युनाइटेड ९ अंकसहित १२ औँ स्थानमा सिमित बनेको छ ।

आइतबार नै भएको अन्य खेलमा चेल्सीले साउथह्याम्पटनलाई ४–१ गोलअन्तरले पराजित गरेको छ । चेल्सीको जीतमा ट्यामी अब्राहम, मेसन माउन्ट, एन्गोलो कान्टे र मिची बात्सुयायीले एक–एक गोल गरे । साउथह्याम्पटनका लागि ड्यानी इङ्ग्सले गरेको गोल सान्तवना मात्र साबित भयो । जीतपछि चेल्सी गोलअन्तरको आधारमा १४ अंकसहित लिगको पाँचौ स्थानमा रहेको छ ।

त्यस्तै, आर्सनलले पनि बोर्नेमाउथबिरुद्ध १–० को संघर्षपूर्ण जीत निकाल्दै लिगको तेस्रो स्थानमा कायम रहन सफल भएको छ ।

आर्सनलको जीतमा खेलको नवौँ मिनेटमा डेभिड लुइजले गरेको गोल निर्णायक बन्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप