कार दुर्घटना गराएर फरार भएका चालक प्रहरीको फन्दामा
सोमबार, २० असोज २०७६, ११ : ३६
काठमाडौं– कार दुर्घटना गराएका फरार भएका चालकलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका वडा नम्बर २६ चिवाल स्थित सडक खण्डमा बा८०प ६१०० नम्बरको मोटरसाइकललार्इ ठक्कर दिई फरार रहेका बा १०च ३००२ नम्बरका कार चालक टक बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
कारको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक गोपाल माझीको उपचारको क्रममा मृत्यु भएको थियो ।
दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कन्सुलरका कर्मचारीलाई इजरायलभित्र हिँडडुल सीमित गर्न अमेरिकाको आग्रह
-
कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद
-
घाँटीमा समस्या देखिएपछि केपी ओलीको सुटिङ रोकियो
-
सेमिफाइनलमा निराशाजनक प्रदर्शन गर्दै उपाधि होडबाट बाहिरियो नेपाल
-
सुप्रिम सहकारी ठगी प्रकरणमा ६ जनासँग धरौटी माग