शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँमा यसरी देखिनुहोस् सुन्दर (भिडियो)

आर्डेन द ब्यूटी पोइन्टका राजेश घिमिरेको मेकअप ट्युटोरियल
सोमबार, २० असोज २०७६, १४ : १२
सोमबार, २० असोज २०७६

हिन्दुहरूको महान चाड बडादशैं हाम्रो घर दैलोमा भित्रिसकेको छ । दसैँ भन्ने बित्तिकै पारिवारिक जमघट शीर्ष स्थानमा आउँछ । ठूलाबडा र मान्यजनबाट टीका तथा जमरा लगाउने र आशीर्वाद थाप्ने हेतुले  विदेशका र राजधानी केन्द्रित परिवारका सदस्य आफ्नो पुर्ख्यौली घर फर्कने र नाता कुटुम्बकोमा जाने प्रचलन छ । दसैँमा नयाँ लुगा किन्ने चलन पनि निकै पुरानो हो ।

नयाँ लुगा लगाएर चिटिक्क परेर टीका थाप्न हिँड्नु दसैँको विशेषतामा पर्छ । तर चिटिक्क पर्नका लागि लुगा मात्र होइन, मेकअपको पनि निकै महत्त्वपूर्ण भूमिका हुन्छ ।

अनुहारका लागि मेकअप जरुरी छ । यसले सुन्दरतामा निखार ल्याउनुका साथै वातावरणमा भएका विभिन्न विकिरण र हानिकारक तत्वबाट छालालाई सुरक्षा दिइरहेको हुन्छ ।

नेपालमा मेकअपलाई व्यवसायको रुपमा अंगालेका थुप्रै आर्टिस्ट छन्, तीमध्ये एक प्रतिष्ठित नाम हो राजेश घिमिरे । उनको ललितपुरको कानदेवतास्थानमा रहेको ब्युटी स्टुडियो ‘आर्डेन द ब्यूटी पोइन्ट’ मा सेलिब्रिटीको ओइरो लाग्छ । त्यही स्टुडियोमा गएर रातोपाटीले दसैँमा कस्तो मेकअप गर्ने भनेर भिडियो ट्युटोरियल बनाएको छ । यहाँ हामीले अधवैंसे महिलाका लागि मेकअपका कस्ता तरिका अपनाउने भनेर जान्ने जिज्ञासा राखेका छौं ।

मोडलः उपमा बस्ताकोटी

वार्डरोबः श्वेता आचार्य, भनिमण्डल, ललितपुर

मेकअपको विधिः

– सुरुमा सेटिङ स्प्रे लगाउने

– त्यसपछि मोइस्चुराइजर लगाउने

– थोरै प्राइमर लगाउने

– प्राइमरपछि लगाउनुहोस् फाउन्डेशन

फाउन्डेशन राम्रोसँग ब्लेन्ड गर्नुपर्छ ।

– र लगाउनुहोस् क्रिम ब्लसर

क्रिम ब्लसरले चाउरीपनालाई लचिलो बनाउँछ । अधबैंसे उमेर भएकाहरुले पाउडरको धेरै प्रयोग गर्नुहुँदैन । क्रिम ब्लसर लगाएपछि २/३ मिनेट सेट हुन छोड्नुहोस् ।

– त्यसपछि सेटिङ पाउडरले सेट गर्ने

यसले मेकअपलाई ‘होल्ड’ गर्छ ।

– लगत्तै, कभरेज पाउडर पनि लगाउने ।

आँखाका लागिः

– सुरुमा एकदमै थोरै बेस प्राइमर लगाउने

– कन्सिलर (एक सेड लाइटर)

– त्यसपछि थोरै हाइलाइटर लगाउने

– र लगाउनुहोस् आइस्याडो प्राइमर

– नेचुरल कलरको आइस्याडो लगाउने

– त्यसपछि एकदमै नेचुरल कलरले ब्लेन्ड गर्ने

– पेन्सिल गाजल लगाउने

लिक्विड गाजल लगाए चाउरीपना हाइलाइट हुन्छ । त्यसपछि पाँच मनेट छोड्ने ।

– त्यसपछि परेला कर्ल्ड गर्ने, मस्कारा लगाउने, इच्छुक व्यक्तिले बजारमा पाइने परेला पनि हाल्न सक्नुहुन्छ ।

– पातलो आँखीभौं छ भने पेन्सिलले कोर्नुहोस् । स्मरण रहोस्, आँखीभौंलाई अत्यधिक कालो देखाउनु हुँदैन ।

– आई मेकअपपछि, फिनिसिङ ब्लसर लगाउनुहोस्, थोरै इलुमिनेटर पनि लगाउनुहोस् ।

– अनुहारको सेप निकाल्नका लागि पाउडर कन्टोरको प्रयोग गर्नुहोस् ।

– त्यसपछि आँखाको सेप निकाल्न थोरै खैरो रङको गाजल लगाउनुहोस् ।

– लिपिस्टिक र गाजल लगाएपछि मेकअपको प्रक्रिया पूरा हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता कार्की
सरिता कार्की

सरिता कार्की रातोपाटीकी डेस्क सम्पादक हुन् ।

लेखकबाट थप