शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा नेपालीहरुले मनाए दसैँ

बिहीबार, २३ असोज २०७६, १० : ३७
बिहीबार, २३ असोज २०७६

वाशिंगटन डीसी । अमेरिकामा विभिन्न राज्य तथा शहरमा बसोबास गर्ने नेपालीहरुले हर्षोल्लास साथ २०७६ सालको बडा दसैँ मनाएका छन् l 

अमेरिकामा नेपालकै शुभ साइत बिहान १० बजेर ३५ मिनेटदेखि टीका थाप्न सुरु गरिएको थियो । अमेरिकाका नेपालीहरु रहेका सबै राज्यहरुमा बसोबास गर्ने नेपालीहरुले आफ्नो चाड पर्वलाई बिदेशमा नेपाल जस्तै मनोरन्जनपूर्वक मनाएको समाचार छ l

अमेरिकामा विजयादशमी मंगलबार कामको दिन परेता पनि अधिकांश नेपालीले बिदा लिएर भएता पनि मनाएका बताए।

 अमेरिकाको डिसी क्षेत्रमा स्थापित डिसी नेपाली समाजले स्थापना काल देखि नै जमरा वितरण गर्दै आएकोले यस बर्ष पनि नेपाली समुदायलाई सहज बनाई दिएको थियो ।

अमेरिकामा जन्मिएका बालबालिकाहरु टिका जमरा र सौगत स्वरुप खाममा पैसा दिँदा निकै प्रफुल्ल र खुशी देखिन्थे l अमेरिकामा नेपाली समुदायले हजुरबा हजुरआमा, मातापिता ,सासुससुरा ,पुरोहित, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनिहरुबाट ऐश्वर्य वृद्धि, तथा दीर्घायुको आशीर्वाद समेत लिएका छन् ।

अमेरिकाका विभिन्न राज्य र शहरमा टीका ग्रहण गर्ने समय नेपालको भन्दा एक दिन अगाडी परेको अन्तर्राष्ट्रिय पन्चांग निर्णायक समितिले गराएको थियो ।  जस अनुसार अमेरिकाका केही पूर्वी राज्यहरुमा दशैको साईत ७ तारिख नै दशैँ परेको जनाएको थियो । जसको कारण अक्टोबर ७ कै दिन नेपालीहरुले दशैँ समेत मनाएका छन् ।

२०१९ असोज २१ गते नेपालको समय अनुसार दशमी तिथि ७ तारिखको दिउँसो ३ बजेर ७ मिनेटमा सुरु भई त्यहाँको समयानुसार भोलिपल्ट बेलुका मंगलवार ४ बजेर १९ मिनटसम्म रही श्रवण नक्षत्रले युक्त भएकोले नेपालमा ८ तारिख दशैँ मनाउने निर्णय गरेको भयो तर अमेरिकाको पूर्वी भागमा भने सोही समयमा मनाउनका लागि रातको समय भयो ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडा दसैँकै सबैभन्दा महत्वपूर्ण दिन हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप