शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्राइस्टचर्च सम्झाउने घटना जर्मनीमा : यहूदी प्राथनास्थलबाहिर गोलीबारी गर्दा दुईको मृत्यु, इन्टरनेटमा लाइभ स्ट्रिमिङ

बिहीबार, २३ असोज २०७६, १४ : ०२
बिहीबार, २३ असोज २०७६

बर्लिन । जमर्नीको पूर्वी सहर हालेमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा बुधबार दुई जनाको मृत्यु भएको छ । घटना यहूदी प्राथनास्थल बाहिर भएको थियो ।

बन्दुकधारी गोलीबारी गर्दै प्राथनास्थलभित्रै पसेर गोलिबारी गर्न चाहन्थे तर उनी सफल हुन सकेनन् । उक्त समय प्राथनास्थलभित्र ८० भन्दा बढी श्रद्धालु उपस्थित थिए ।

ती बन्दुकधारीले भिडियो बनाउनका लागि आफ्नो टाउकोमा क्यामरा पनि लगाएका थिए । उनले भिडियो गेमिङ प्लयाटफर्म टवीचमा लाइभ स्ट्रिमिङ पनि गरेका थिए । तर, केही समयमा नै त्यसलाई हटाइएको थियो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमलालाई युरोपमा यहूदी विरोधी भावनाको अर्को एउटा उदाहरण करार दिए ।

जर्मनीका सुरक्षा अधिकारीहरुले एक संदिग्ध हमलावरलाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा २७ वर्षीइ बेनड्रफ रहेका छन् ।

धार्मिक स्थलमा भएको यो हमलाको तरिका गत मार्चमा न्युजिल्याण्डको क्राइस्टचर्चमा भएको हमला जस्तै थियो । त्यहाँ मार्चमा २८ वर्षीय ब्रेन्टन टरेटले मस्जिदमा अन्धाधुन्ध फायरिङ गरेर ५१ जनाको हत्या गरेका थिए । उनले आफ्नो टाउकोमा क्यामरा राखेर फेसबुकमा लाइभ स्ट्रिमिङ  गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप