शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जब ‘अमर प्रहरी’ का परिवारले आँशु थाम्न सकेनन्, तस्विरमा हेर्नुहोस्

शुक्रबार, २४ असोज २०७६, १० : ५४
शुक्रबार, २४ असोज २०७६

काठमाडौँ । आज ६४ औँ प्रहरी दिवस र अमर प्रहरी दिवस मनाइएको छ ।

कार्यक्रममा कर्तव्यपालनाको क्रममा ४३ जनालाई अमर प्रहरी घोषित गरिएको छ ।

कार्यक्रममा सहभागी हुन आएका अमर प्रहरीका परिवारहरु निकै भावुक बनेका थिए । उनीहरुले आफ्नो आशु थाम्न सकेनन् ।

भावुक माहौलबीच प्रधानमन्त्री केपी ओलीले पनि प्रहरी दिवस र अमर प्रहरी दिवस फरक फरक दिनमा मनाउन सुझाव दिए ।

प्रम ओलीले भने, ‘प्रहरी दिवस र अमर प्रहरी दिवस फरक फरक दिनमा मनाउने गर्नुपर्छ । प्रहरी दिवस बेग्लै उल्लासको साथ मनाउनुपर्छ । प्रहरी दिवस र अमर प्रहरी दिवस कार्यक्रम एकै दिन हुँदा उल्लासको साथ मनाउने कि श्रद्धाञ्जली दिएर दुखी हुने द्विविधा भयो ।’

त्यस्तै, पूर्व एआईजी यादव अधिकारीलाई लाइफटाइम अचिभ्मेन्ट अवार्डबाट सम्मानित गरिएको छ ।

यस वर्षको उत्कृष्ट कार्य सम्पादनतर्फको अवार्ड हाल मोरङ प्रहरीमा कार्यरत एसपी मनोज केसीलाई प्रदान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप