बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चिनियाँ राष्ट्रपतिको स्वागतमा कर्मचारीदेखि सर्वसाधारणसम्म सडकमा लामबद्ध (फोटोफिचर)

शनिबार, २५ असोज २०७६, १६ : ४७
शनिबार, २५ असोज २०७६

काठमाडौं– दुई दिने भ्रमणको सिलसिलामा नेपाल आएका चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपालमा भव्य स्वागत भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार अपरान्ह सी उत्रिदा राष्ट्रपति विद्यादेवी भण्डारी नै स्वागतका लागि पुगेकी थिइन् ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री, सांसदलगायतका विशिष्ट व्यक्तित्वहरु विमानस्थल स्वागतका लागि पुगेका थिए । 

सी विमानस्थलबाट बासको प्रवन्ध रहेको होटल सोल्टीमा जानेछन् । उनी होटल जाने रुटमा पनि भव्य स्वागतको तयारी गरिएको छ।  सीको स्वागतका लागि सडक छेउमा सरकारी कर्मचारी, विभिन्न पेशागत संघ–

संगठन, सर्वसाधारणलगायत लामबद्ध रहेका छन् । सी पुग्ने रुट सिनामंगल, तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालीमाटी हुँदै होटल पुग्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप