बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जापानमा शक्तिशाली आँधी : नेपाली दूतावासले भन्यो, ‘नेपालीहरु सुरक्षित छन्’

शनिबार, २५ असोज २०७६, २१ : १८
शनिबार, २५ असोज २०७६

काठमाडौं – जापानस्थित नेपाली दूतावासले त्यहाँ आएको शक्तिशाली आँधीबाट कोही नेपाली हताहत नभएको जानकारी दिएको छ ।

टोकियोस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसनका प्रमुख कृष्णचन्द्र अर्यालले जापानको समयअनुसार शनिबार राति ११ बजेसम्म सबै नेपाली सुरक्षित रहेको जानकारी आएको बताए ।

‘ जापानमा आएको शक्तिशाली आँधीबाट यहाँको राति ११ बजेसम्म सबै नेपाली सुरक्षित रहेका छन् । हामी नेपाली समुदायसँग सम्पर्कमै छौं,’ उनले भने ।

जापानमा सन् १९५८ यताकै शक्तिशाली हगिबीस आँधीबाट आएको छ । जसबाट राजधानी टोकियो, नागान्यो, एमानासी, गुन्मा, सिजोओका, साइपामा, सानागावालगायतका क्षेत्र प्रभावित भएका छन् । 

दूतावासका अनुसार जापानमा करिब ९० हजार नेपाली रहेको छन् । २ सय १६ किलोमिटर प्रतिघन्टाको दरमा आँधीका  आएको थिथयो । जसका कारण उद्योग, कलकारखाना र पसलहरू पनि बन्द छन् भने अधिकांश क्षेत्र जलमग्न  भएको छ ।

आँधीका एक व्यक्तिको मृत्यु भएको छ  भने झन्डै ५१ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप