बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सभापति देउवालाई चिनियाँ राष्ट्रपतिले भने, ‘नेपाली काँग्रेससँग पनि सहकार्य गर्न इच्छुक छौँ’

आइतबार, २६ असोज २०७६, ०८ : ००
आइतबार, २६ असोज २०७६

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् ।

समाचार एजेन्सी सिन्ह्वाका अनुसार सभापति देउवासँगको भेटमा नेपाली काँग्रेस पार्टीको चीनसँगको ऐतिहासिक सम्बन्धलाई स्मरण गर्दै पार्टीले देशको बागडोर सम्हाल्दा चीन नेपाल सम्बन्धमा पुर्याएको योगदान चिनियाँ जनताले भुल्न नसक्ने बताएका थिए ।

भेटमा राष्ट्रपति सीले छिमेकी मित्रकारुपमा चीन र नेपाल सँधै राम्रो दाजुभाइ र मित्र भएको बताए । ‘नेपालको सत्तामा जुनै पार्टी आए पनि दुई देशबीच स्थिर र मित्रवत सम्बन्ध कायम रहनेछ,’ सीले भने ।

राष्ट्रपति सीले चिनियाँ कम्युनिस्ट पार्टी नेपाली काँग्रेससँग अझै राम्रो सम्बन्ध कायम गर्दै सहकार्य गर्न तयार रहेको जिकिर गरेका थिए ।

भेटमा सभापति देउवाले नेपाली पक्षले चीनसँगको सम्बन्ध विस्तारलाई ठूलो महत्त्व दिएको बताउँदै चीनलाई नेपालको विकासमा दीर्घटकालिन सहयोग र देशको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई जोगाउन गरेको प्रयासका लागि धन्यवाद ज्ञापन गरे ।

देउवाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहोराउँदै नेपालमा कुनै पनि शक्तिलाई कुनै प्रकारको चीन बिरोधी गतिविधि गर्न नदिने स्पष्ट पारे ।

चीनले अघि सारेको बेल्ट एण्ड रोड परियोजनाले यो क्षेत्रमा कनेक्टिभिटी प्रबद्र्धन हुने आशा व्यक्त गर्दै नेपाली काँग्रेस चीनको चिनियाँ कम्युनिस्ट पार्टीसँग मित्रवत अन्तक्रियाहरु विस्तार गर्न इच्छुक रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप