बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चिनियाँ राष्ट्रपति सीले मधेशवादी दलका नेतालाई नभेटेकोमा बाबुरामको आपत्ति

आइतबार, २६ असोज २०७६, १७ : ०५
आइतबार, २६ असोज २०७६

काठमाडौं– समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा.बाबुराम भट्टराईले चीनका राष्ट्रपति सी चिनफिङसँग नभेटाएको भन्दै टिप्पणी गरेका छन् । उनले आज ट्वीट गर्दै राष्ट्रपति सीलाई मधेस केन्द्रित वा आधार भएका दलका नेताहरूसँग पनि भेटाउनुपर्ने उनले जिकिर गरेका छन् ।

उनले भनेका छन्,‘अन्यथा उत्तरी छिमेकीले हिमाल, पहाड र दक्षिण छिमेकीले मधेस र तराई मात्र हेर्ने गलत परम्परा बस्न र भावनात्मक दूरी बढ्न सक्छ ! भविष्यमा यस्ता संवेदनशीलतामा ध्यान पुगोस् !’ उनले भ्रमणको क्रममा सरकारले केही कुरामा ध्यान नपुर्याएको भन्दै टिप्प्णी गरेका छन् । नेपालका संवैधानिक राष्ट्रपतिसँग शिष्टाचार भेट मात्र गरेर सबै औपचारिक वार्ता र सहमति र समझदारी कार्यकारी प्रसंग हुनुपर्ने उनले टिप्पणी गरेका छन् ।

समाजवादीका अध्यक्ष भट्टराईलाई रात्रीभोजमा मात्र निमन्त्रणा गरेको थियो । नेकपा र काँग्रेसका अध्यक्षलाई मात्र राष्ट्रपति सीले भेटेका छन् । राष्ट्रिय दलमा रहेका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीलाई समेत भेट्नुपर्ने उनको चाहना रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप