शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा गोली चल्यो, एक युवकको हत्या

आइतबार, २६ असोज २०७६, १८ : २५
आइतबार, २६ असोज २०७६

रौतहट– रौतहटको सिमावर्ती क्षेत्रमा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको घटनास्थलमै मृत्युु भएको छ ।  जिल्लाको ईशनाथ नगरपालिका–६ खाप घिउरा र जयनगरको बीच बाटोमा अपरान्ह ४ बजे अज्ञात समुहको गोली प्रहारबाट अन्दाजी २२ वर्षीय युवकको मृत्युु भएको हो । मृतक युवकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट दुुई मिटर टाढा रहेको भारतीय सिमापारीबाट एक मोटरसाईकलमा आएका तीन जनाले उनीमाथि गोली प्रहार गरेका थिए । उनीहरुले ती युवकमाथि केहीबेरको भनाभनपछि गोली चलाएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले जानकारी दिए ।

मृतकको हालसम्म सनाखत हुुन सेकेको छैन । गोली प्रहार गर्ने समूह भारतीय हुनसक्ने डिएसपी कार्कीले जानकारी दिए । हाल मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल गौर लैजाने तयारी  भैहरको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप