शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतलाई टेस्ट सिरज

आइतबार, २६ असोज २०७६, १९ : २५
आइतबार, २६ असोज २०७६

एजेन्सी – दक्षिण अफ्रिकाविरुद्धको टेस्ट सिरिज भारतले जितेको छ । तीन टेस्टको सिरज भारतले २–० ले जितेको हो । दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टमा भारत एक इनिङ र एक सय ३८ रनले विजयी भयो । दोस्रो टेस्टको चौथो दिन फलोअनमा रहेको दक्षिण अफ्रिका एक ८९ रनमा अल आउट भएपछि भारत सजिलै विजयी भयो । 

भारतको जितमा उमेश यादव र रवीन्द्र जडेजाले समान तीन तीन विकेट लिए । आर आश्विनले दुई विकेट लिएका थिए । इशान्त शर्मा र मोहमद सामीले एक एक विकेट लिए । दक्षिण अफ्रिकाका ब्याट्सम्यान डिन एल्गरले दोस्रो इनिङमा सर्वाधिक ४८ रन बनाए । टेम्बा बभुमाले ३८ र भेरनोन फिलेन्दरले ३७ र केशव महाराजले २२ रन बनाए ।

यसअघि दक्षिण अफ्रिका आफ्नो पहिलो इनिङमा दुई सय ७५ रनमा सबै विकेट गुमाएपछि भारतले फलोअन दिएको थियो । भारतले टस जितेर पहिले ब्याटिङ गर्दै आफ्नो पहिलो इनिङमा पाँच विकेट गुमाएर ६ सय एक रनको विशाल योगफल खडा गरेको थियो । 

भारतका लागि कप्तान विराट कोहलीले दुई शतक पूरा गरेका थिए । उनले अविजित दुई सय ५४ रन बनाएका थिए । यसैगरी ओपनर मायंक अग्रवालले एक सय आठ र रवीन्द्र जदेजाले ९१ रन बनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप