भुटानसँग नेपालको बराबरी
आइतबार, २६ असोज २०७६, २० : २६
काठमाडौं – भुटानमा जारी यू–१५ महिला साफ च्याम्पियनसिप फुटबलको अन्तिम खेलमा नेपालले भुटानसँग १–१ गोलको बराबरी खेलेको छ । यसअघिनै च्याम्पियनसिपबाट बाहिरिएको नेपालले जितविनै भुटान यात्रा सकेको छ ।
आइतबार भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले भुटानविरुद्ध सुरुवाती अग्रता लिएरपनि बराबरीमा चित्त बुझायो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा नेपालले ५१औं मिनेटमा गोल गरेको थियो । नेपालकी निकिता थोकरले गोल गरिन् । त्यसपछि भुटानकी कप्तान डेकी इहाजोमले ६८औं मिनेटमा बराबरी गोल फर्काइन् ।
नेपाल पहिलो खेलमा भारतसँग ४–१ र दोस्रो खेलमा बंगलादेशसँग २–१ गोलले पराजित भएको थियो । भारत र बंगलादेश एक खेलअघिनै फाइनमा पुगेका थिए । लिगचरणको अन्तिम खेलमा आइतबार नै भारत र बंगलादेशले पनि १–१ गोलको बराबरी खेलेका छन् । दुई टोलीबीच फाइनल खेल मंगलबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवाहको कार्यक्रमका कारण लैनचौर बैंक्वेट भोलिदेखि सिल गर्ने निर्णय
-
खड्का ल्याण्डले भोगचलन गरेको स्काउटको संरचनामा प्रशासनको सिल
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
शपथस्थलमा लफडा, नाउपाका कैलाश बने भौतिक मन्त्री
-
रामेछापको राकाथुम हत्याकाण्डमा जिल्लाको फैसला उल्टियो, ५ जना प्रतिवादीलाई जन्मकैद
-
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते