शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मनाङ एयरले थाल्यो अत्याधुनिक हेलिकप्टरबाट उडान

सोमबार, २७ असोज २०७६, १२ : २४
सोमबार, २७ असोज २०७६

काठमाडौं । वायुसेवा प्रदायक कम्पनी मनाङ एयर प्रालिले नयाँ हेलिकोप्टरबाट व्यवसायिक उडान सुरु गरेको छ । कम्पनीले सोमबारदेखि फ्रान्समा निर्मित आत्याधुनिक एयरबस हेलिकोप्टर AS350B3e (H125) को हेलिकोप्टर 9N-ANJ  बाट व्यवसायिक उडान सुरु गरेको हो । 

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले औपचारिक रुपमा नयाँ हेलिकप्टरबाट सेवा सुरु गरेको जानकारी दिएको छ ।

कम्पनीद्धारा संचालनमा ल्याएको अत्याधुनिक नयाँ एयरबस हेलिकप्टरले २३ हजार फिटको उच्च उचाइसम्म सुरक्षित उडाउन भर्न सक्ने कम्पनीको दाबी छ । 

नयाँ हेलिकप्टर संचालन आएसँगै कम्पनीको सेवामा थप विस्तार भएको र अति दक्ष पाइलट तथा प्राविधिकद्वारा पर्यटकीय, दृष्यावलोकन तथा उद्धार कार्य उडानमा सहयोग पुग्ने र विमानसेवामा अझ बढि प्रभावकारीता प्रदान हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

उडान सुरु गरिएको हेलिकप्टर मार्फत अतिउच्च हिमाली क्षेत्रहरुमा उद्दार, स्वदेशीलाई आवश्यक ठाउँमा उडान तथा विकास निर्माण लगायतका विविध क्षेत्रमा समेत हेलिकप्टर प्रयोग गर्न सकिने कम्पनीले बताएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप