शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ राष्ट्रपति सी फर्किएलगत्तै काठमाडौंको सडकमा जे देखियो  (फोटोफिचर)

सोमबार, २७ असोज २०७६, १५ : ०२
सोमबार, २७ असोज २०७६

काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिन पिङ काठमाडौं अवतरण गर्नुअघि उपत्यकाका अधिकांश स्थानमा चिटिक्क पारियो । सडकका वरिपरि फूलका गमला राख्नेदेखि चोक चोकमा दुवै देशका राष्ट्रपतिको फोटोअंकित होर्डिङ बोर्ड राखेर काठमाडौंलाई चिटिक्क पारियो । करिब २२ घण्टा काठमाडौंमा बिताएर सी जब बेइइजिङ उडे, त्यसलगत्तै सडक वरिपरि राखिएका फूलहरु ओइल्याउन थाले ।

गमलाहरु फुट्न थाले । विदेशी पाहुनालाई स्वागत गर्न मात्र सिंगारिएको काठमाडौं करिब २ दिन त सुन्दर देखियो तर अहिले फेरि फिक्का देखिन थालेको छ । वातावरण र सुन्दरताका दृष्टिकोणले होर्डिङ बोर्डहरु निकाल्नु स्वभाविक भएपनि सडक किनारामा सजाइएका फूलहरुलाई जोगाएर राखे काठमाडौंको सुन्दरतामा थप निखार आउन सक्थ्यो तर त्यसतर्फ काठमाडौं महानगर लगायत अन्य सम्बन्धित निकायको ध्यान गएको देखिएन ।

माईतिघरमा राखिएका फूलका गमलाहरु भने सम्बन्धित निकायले उठाएर लगेको छ भने तिनकुनेमा  बनाईएको पार्कमा भने सशस्त्र प्रहरीले सुरक्षा प्रदान गरेको छ । बाटोमा राखिएका होर्डिङ बोर्ड र त्यसमा राखिएका फोटोहरु आइतबार रातीनै झिकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप