शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मह जोडीको फिल्मको निर्देशक प्रदीप

सोमबार, २७ असोज २०७६, १८ : ३२
सोमबार, २७ असोज २०७६

काठमाडौं– पछिल्लो फिल्म ‘दालभात तरकारी’ले सोचेजस्तो ब्यवसाय नगरे पनि महजोडी अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अर्काे फिल्म निर्माण गर्ने भएका छन् । आफुहरुकै मुख्य भूमिका रहने गरेर उनीहरुले फिल्म निर्माण गर्न लागेका हुन् । 

नाम उल्लेख नगर्दै निर्माण घोषणा भएको फिल्मको निर्देशकमा प्रदीप भट्टराई छानिएका छन् । फिल्मको तिहार पछि छायाँकन जाने तयारी भइरहेको छ । प्रदीपले यस अगाडि महजोडीको ‘शत्रु गते’ निर्देशन गरेका थिए । उक्त फिल्म हिट भएको थियो । 

२०७७ को दशैँलाई रिलिज गर्ने उदेश्यका साथ बन्न लागेको फिल्मको कलाकार र प्राविधिक अहिले छनौटमा छन् । फिल्मको लेखन अहिले प्रदीपले नै गरिरहेका छन् । यसमा कलाकार रविन्द्र सिंह बानियाँको पनि लगानी रहनेछ । रविन्द्र र प्रदीपबीच यो तेस्रो सहकार्य हो । महसँग भने रविन्द्रको पहिलो सहकार्य हुनेछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप