मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

राजपा नेपालका कारण पार्टी एकतामा ढिलाई भएको समाजवादी पार्टीको निष्कर्ष

सोमबार, २७ असोज २०७६, २१ : ३२
सोमबार, २७ असोज २०७६

काठमाडौ – समाजवादी पार्टीले राष्ट्रिय जनता पार्टी नेपालका कारण एकतामा ढिलाई भएको निष्कर्ष निकालेको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा बसेका पदाधिकारी बैठकले सो निष्कर्ष निकालेको हो । समाजवादी पार्टी र राजपा नेपालको बीचमा लामो समयदेखि एकताका लागि अनौपचारिक छलफल हुँदै आएको छ ।

तर हालसम्म त्यसको टुंगो लागेको छैन । त्यसै विषयमा छलफल गर्दा राजपा नेपालले कुनै निर्णय नदिँदा एकतामा ढिलाई भएको निष्कर्ष निकालिएको प्रचार विभागका प्रमुख प्रशान्त सिंहले बताए ।

‘राजपा नेपालका नेताहरुले के भन्नुहुन्छ, कहिले के भन्नुहुन्छ, उहाँको नै ठेगान छैन, त्यही भएर एकतामा ढिलाई भएको हो,’ उनले भने, ‘समाजवादी पार्टी एकताका लागि तयारी भएर बसेको छ तर राजपा नेपालमा नै कुरा मिलेको छैन त्यही भएर ढिलाई भइरहेको छ । राजपा नेपालको बाटो अझै केही दिन छलफल भएको छ ।’

एकताको विषयमा पार्टीको केन्द्रीय समितिको बैठकमा समेत छलफल हुन्छ । केन्द्रीय समितिको बैठक कात्तिक २९ र ३० गतेका लागि बोलाएको छ । त्यसअघि कात्तिक २८ गते संघीय परिषदको बैठक पनि बस्नेछ ।

एकताकै लागि महाधिवेशनको मिति तोकिएको छैन । असोज २९ गतेदेखि पार्टीको महाधिवेशन तय गरेको थियो । तर एकताको टुंगो नलागेको कारण महाधिवेशनको अर्को मिति तय गरेको छैन । राजपा नेपालसँग एकता गरेर मात्र एकताका महाधिवेशन गर्ने भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप