बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

तीन वर्षपछि बलिउडमा फिर्ता, किन चलेन प्रियंका चोपडाको फिल्म

मङ्गलबार, २८ असोज २०७६, ०९ : ४७
मङ्गलबार, २८ असोज २०७६

सलमान खानको फिल्म भारत छोडेपछि प्रियंका चोपडाले ‘द स्काई इज पिंक’ मार्फत् बलिउडमा फिर्ता हुने घोषणा गरेकी थिइन् । प्रशंसक एकातर्फ सलमान खान र प्रियंका चोपडाको जोडीलाई पुनः देख्न नपाउँदा रिसाएका थिए भने यो खबर सुनेपछि धेरै प्रशंसक उत्साहित पनि भएका थिए । प्रियंका तीन वर्षपछि बलिउडमा फिर्ता हुन लागेको थिइन् ।

तर जब उनको कमब्याक फिल्म ‘द स्काइृ इज पिंक’ रिलिज भयो तब बक्स अफिसमा यो फिल्मले जनताबाट खासै राम्रो प्रतिक्रिया पाएन । प्रियंका चोपडा, फरहान अख्तर, जायरा वसीम र रोहित सराफ स्टारर यो फिल्मको तारिफ जताततै भयो । समीक्षकले पनि सबैको प्रस्तुती र फिल्मको कहानीको प्रशंसा गरे भने प्रियंकाको निकै तारिफ पनि गरियो ।

तर आखिर किन यो फिल्मले बक्स अफिसमा कमाई गर्न सकेन ?

यो एक वास्तविक जीवनको कहानीमा बनेको निकै साधारण र अत्यधिक भावुक फिल्म भएकाले पनि यसले धेरै कमाई गर्न नसकेको अनुमान गरिएको छ । यो फिल्ममा कुनै एक्सन छैन, कुनै मसला छैन । यतिबेला हेर्ने हो भने बक्स अफिसमा सबैभन्दा धेरै धुम ऋतिक रोशन र टाइगर श्रोफ स्टारर फिल्म वारले मच्चाएको छ । यो फिल्ममा अत्यधिक एक्सन, ड्रामा, सस्पेन्स र मसाला छ । यसैकारण जनता यसैतर्फ बढी आकर्षित भइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप