बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नुवाकोटको बट्टारमा बसको ठक्करबाट बालकको मृत्यु भएपछि स्थिति तनाबग्रस्त

बुधबार, २९ असोज २०७६, १४ : १६
बुधबार, २९ असोज २०७६

नुवाकोट– जिल्लाको बट्टार बजारस्थित सन्जिवनी हस्पिटल आगाडि केरुङ यातायातको बा ४ ख ७५०४ नम्बरको बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बालकको मृत्यु भएलगत्तै बट्टार बजार तनाबग्रस्त बनेको छ।
त्रिशुलीबाट काठमाडौं गइरहेको बा ४ ख ७५०४ नम्बरको केरुङ यातायातको बसले ७ वर्षीय बालकलाई बुधबार दिउँसो ठक्कर दिएको हो । बस तीब्र गतिमा भएको कारणले दुर्घटना भएको प्रहरीको भनाइ छ ।

बालकको मृत्यु भएपछि स्थानीयले बस तोडफोड गरेका छन् । मृतक बालक तारकेश्वर गाउँपालिका–५ भन्ज्याङथोकको रहेको बताइएको छ । बालकको मृत्युपछि बट्टार बजारको स्थिति तनावग्रस्त बनेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड हवाई फायर समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप