शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दरबन्दी नै नभएको क्षेत्रमा समायोजन भएका स्वास्थ्य कर्मचारीलाई हाजिरी गराउन मन्त्रालयको परिपत्र

शुक्रबार, ०१ कात्तिक २०७६, १२ : १७
शुक्रबार, ०१ कात्तिक २०७६

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दरबन्दीनै नभएको स्थानमा समायोजनमा भएका स्वास्थ्यका कर्मचारीलाई हाजिरी गराउन सबै स्थानित तहलाई परिपत्र गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ७ सय ५३ स्थानीय तहलाई दरबन्दीभन्दा बढी र दरबन्दी नै नभएका स्थानमा समायोजन भएर गएका सबै स्वास्थ्यका कर्मचारीलाई सोही तह र पदनाम कायम राखी हाजिर गराउन पत्राचार गरेको हो ।

कर्मचारी समायोजन सुरु भएको लामो समय बितिसक्दा पनि स्वास्थ्यको समायोजनमा संगठन संरचना र दरबन्दी हेरफेर, स्वीकृत दरबन्दी भन्दा बढी सङ्ख्यामा समायोजनका लागि सिफारिस भएको जस्ता समस्याहरु अझै समाधान भएका छैनन् ।

अहिले देशभरका स्वास्थ्यकर्मी सेवा छाडेर मन्त्रालय धाउन बाध्य भएका छन् । कर्मचारी समायोजनका क्रममा भएका यस्ता समस्याबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वीकृति दरबन्दीभन्दा बढी कर्मचारी भएका तहहरुमा कर्मचारी अवकाश भएर वा अन्य कुनै कारणले रिक्त दरबन्दीमा पदपूर्ति नगरी सामायोजन भएका कर्मचारीलाई क्रमशः मिलान गर्दै जाने निर्देशन आएपछि स्वास्थ्य मन्त्रालयले पत्र लेखेको हो ।

स्वास्थ्यमा सेवा प्रभावित बन्न थालेपछि मन्त्रालयले पत्रजारी गर्दै संगठन संरचना र दरबन्दी हेरफेर भएको, स्वीकृत दरबन्दीभन्दा बढी सङ्ख्यामा समायोजनका लागि सिफारिस भएका कर्मचारीहरुलाई समेत सिफारिस भए बमोजिमनै समायोजन पत्र दिने व्यवस्था मिलाउने बताएको छ ।

यसरी समायोजन हुँदा स्वीकृत दरवन्दीभन्दा बढी कर्मचारी भएका तहहरुमा कर्मचारी अवकाश वा अन्य कुनै कारणले रिक्त दरवन्दीहरुमा पदपूर्ति नगरी समायोजन भएका कर्मचारीहरुलाई क्रमश मिलाउँर्दै जाने साथै अन्य रिक्त रहेको स्थानमा मिलाउने मन्त्रालयको पत्रमा उल्लेख गरिएको छ ।

हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सिफारिस भए बमोजिमनै सम्पूर्ण कर्मचारीलाई तत् तह र स्तरहरुमा समायोजनको पत्र दिने, दोहोरोपन हुने सम्भावना भएका पदहरुको हकमा दरवन्दीमा जुन पदनाम र तहको कर्मचारी समायोजन भएको छ हाललाई सोही पदनाम तथा तहको दरबन्दी कायम हुने समायोजन हुँनु पूर्व स्वीकृत भएको दरवन्दीनै कायम गर्ने व्यवस्था मिलाउन स्वास्थ्यलाई सामान्य प्रशासनले निर्देशन दिएको छ । सोही अनुरुप स्वास्थ्य मन्त्रालयले सबै ७ सय ५३ वटा स्थानीय तहलाई पत्रचार गरेको हो ।

अन्य क्षेत्रका कर्मचारीले अहिले संघीयतापछिको सेवालाई निरन्तरता दिइरहेको समयमा स्वास्थ्यमा भने अझै समायोजन मिलाउन नसक्दा देशभरका स्वास्थ्य सेवा प्रभावित हुनुको साथै कर्मचारी अन्यौलनमा परेका छन् । 

एउटै पदमा धेरै जनाको दरबन्दी, वरिष्ठताभन्दा पनि चिनजनाका आधारमा समायोजनलाई विशेष प्राथमिकता दिएको हुँदा कर्मचारीहरु हुँर्दै असन्तुष्ट भएका छन् । समायोजन प्रक्रिया सकिएको एक वर्ष पुग्न लाग्दा सम्म पनि स्वास्थ्यको समायोजन नटुङ्गिदा लाजमर्दाे विषय बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप