शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तको प्रतिवद्धता: वार्षिक १० अर्ब वैदेशिक लगानी भित्र्याउँछौं

शुक्रबार, ०१ कात्तिक २०७६, १५ : ४१
शुक्रबार, ०१ कात्तिक २०७६

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले नेपालमा १० अर्ब वैदेशिक लगानी वार्षिक रुपमा भित्र्याउन लागिपर्ने प्रतिबद्धता गरेका छन् ।

नवनिर्वाचित अध्यक्ष पन्तले दक्ष कामदार मात्रै विदेश पठाउने सरकारको अभियानमा सक्दो सहयोग गर्ने पनि बताए । उनले एनआरएनएको नेतृत्वको चयनका लागि घरघरबाटै मतदान गर्ने व्यवस्था गर्ने घोषणा पनि गरे ।

एनआरएनएका सदस्यहरुको हितका लागि ‘श्रमिक कल्याणकारी कोष’लाई तेब्बर बनाउने पनि उनको योजना छ । शुक्रबार अध्यक्ष पदमा निर्वाचित भएपछि उनले संचारकर्मीमाझ एनआरएनएलाई राजनीतिबाट मुक्त गराउन लागिपर्ने पनि बताए ।

पन्तले निर्वाचनका बेला आफूले निःशुल्क सदस्यता वितरण गर्ने प्रतिवद्धता गरेको उल्लेख गर्दै त्यसलाई पूरा गने अठोट पनि गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप