शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘राष्ट्रिय जनगणना २०७८’ को नमूना जनगणना माघ १ गतेबाट सुरु हुने

आइतबार, ०३ कात्तिक २०७६, १४ : ३८
आइतबार, ०३ कात्तिक २०७६

काठमाडौं–‘राष्ट्रिय जनगणना २०७८’ को नमूना जनगणना आगामी माघ १ गतेबाट सुरु हुने भएको छ । 

केन्द्रिय तथ्यांक विभागले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो राष्ट्रिय जनगणनाको नमूना जनगणना आगामी माघ १ गतेदेखि ३ महिनासम्म गर्ने जानकारी गराएको हो । सही तथ्यांक ल्याउने उद्देश्यका साथ सो नमूना जनगणना गर्ने गरी २०७८ सालको राष्ट्रिय जनगणनाको नमूना जनगणनाको कामलाई सूरु गर्न लागिएको पनि विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए । 

 सो नमूना जनगणनाका लागि सुरीवेक्षण १५ जना, गणक ६० जना र अन्य ४७ जना गरी जम्मा १२२ जना जनशक्ति परिचालन गर्ने पनि विभागले जनाएको छ । 

सुपरिवेक्षण र गणक करारमा नियुक्त गर्ने योजना तय गरिएको पनि विभागका निर्देशक लामिछानेले बताए । यसअघि शिक्षकहरुलाई जनगणनाको गणकको रुपमा नियुक्त गर्दै आएकोमा यस वर्षबाट विभागले शिक्षकहरुलाई यसमा परिचालन नगर्ने पनि स्पष्ट पारेको छ ।

सबै प्रदेशको २÷२ जिल्लामा हुने सो नमूना जनगणनामा ११ हजार ६१० घर परिवार सहभागी हुने विभागको अनुमान छ । विभागले सो नमूना जनगणनाका लागि १ करोड १७ लाख बजेट लाग्ने अनुमान पनि गरेको छ ।

पत्रकार सम्मेलनमा विभागले राष्ट्रिय जनगणना २०७८ को लोगो  तथा मूल नारा पनि सार्वजनिक गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप