शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मालपोत कार्यालयबाट घुससहित दुई नियन्त्रणमा

आइतबार, ०३ कात्तिक २०७६, २१ : १०
आइतबार, ०३ कात्तिक २०७६

पोखरा – अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले आइतबार दुई जनालाई सेवाग्राहीसँग घुस लिँदै गर्दा नियन्त्रणमा लिएको छ । 

मालपोत कार्यालय लेखनाथका खरीदार फलेवास नगरपालिका–१ पर्वतका प्रकाश पौडेल र लेखापढी व्यवसायी भानु नगरपालिका–६ तनहुँका मनोहरी भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।

जग्गा नामसारीका लागि कार्यालय पुगेका सेवाग्राहीसँग उनीहरुले रु १२ हजार घुस लिँदै गर्दा अख्तियारको टोलीले अपराह्न ४ः३० बजे नियन्त्रणमा लिएकोे आयोगका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए । उनीहरु माथि थप छानबिन भइरहेको र आयोगको कार्यालयमा राखिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप