शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आइतबार प्रशंसकलाई भेट्न सकेनन् अमिताभः ट्वीटरमा लेखे, ‘ माफी चाहन्छु, बाहिर आउन सकिनँ’

सोमबार, ०४ कात्तिक २०७६, १३ : ३७
सोमबार, ०४ कात्तिक २०७६

हरेक आइतबार अमिताभ बच्चनको बंगला जलसा बाहिर प्रशंसकको ताँती लाग्छ र बिग बी पनि बाहिर आएर उनीहरुलाई भेट्छन् । तर पछिल्लो आइतबार (२० अक्टोबरमा) यस्तो हुन सकेन । सधैं झैं प्रशंसक त्यहाँ पुगे तर अमिताभ बाहिर आएर उनीहरुलाई भेट्न सकेनन् । यसको जानकारी अमिताभ आफैंले ट्वीटरमा दिएका छन् । साथै, प्रशंसकलाई भेट्न नसकेकोमा माफी पनि मागेका छन् ।

अमिताभले जालसाबाहिर जम्मा भएका भीडको फोटो सेयर गर्दै ट्वीटमा लेखेका छन्, ‘म यसो नगर्न भन्छु तरपनि उहाँहरु आइतबार भेटघाटका लागि आउनुहुन्छ । माफी चाहन्छु.. बाहिर आउन सकिनँ ।’

बिरामी भएको खबर गत हप्ता सार्वजनिक भएको थियोः

वास्तवमा, अमिताभ बच्चन बिरामी भएको खबर गत हप्ता सार्वजनिक भएको थियो । उनलाई तीन दिनसम्म नानावटी अस्पतालमा पनि राखिएको बताइएको थियो । शुक्रबार बेलुका उनलाई छोरा अभिषेक र श्रीमती जयासँग कारमा देखिएको थियो । यो भिडियो निकै चर्चित पनि भएको थियो । यसलाई अस्पतालबाट डिस्चार्ज भएपछिको भिडियो बताइएको थियो । यद्यपि, अस्पतालसँग जोडिएको स्रोतले बिग बी नियमित स्वास्थोपचारका लागि त्यहाँ गएको बताएको थियो ।

अमिताभ बच्चन रिसाएका थिएः

आफू बिरामी भएको खबर फैलिएपछि अमिताभ बच्चनले रिसाएर आफ्नो ब्लगमा लेखेका थिए, ‘कृपया आधिकारिक दस्तावेजको नियम–काइदालाई नतोड्नुहोस् । बिरामी हुनु र उपचार गराउनु गोप्य व्यक्तिगत अधिकार हो । यो शोषण हो र यसलाई व्यवसायिक रुपमा प्रयोग गर्नु सामाजिक रुपमा गलत हो । सम्मान गर्नुहोस् र कुरा बुझ्नुहोस् । संसारमा हरेक कुरा बेच्नका लागि हुँदैनन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप