शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘तानाजी द अनसंग ओरियर’मा अजयको डरलाग्दो लुक

मङ्गलबार, ०५ कात्तिक २०७६, १६ : ४३
मङ्गलबार, ०५ कात्तिक २०७६

मुम्बई । अजय देवगन र सैफअली खान एकपटक फेरि एकसाथ पर्दामा देखिँदैछन् । फिल्म ‘तानाजी द अनसंग ओरियर’मा यी दुबै एकसाथ देखिने भएका हुन् ।

फिल्मको फस्टलुक पोस्टर अहिले सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको पोस्टरमा अजयदेवगन निकै डरलाग्दो लुक्समा देखिएका छन् ।

अभिनेता अजय देवगनले फिल्मको फस्टलुक आफ्नो इन्स्टाग्रामबाट पनि शेयर गरेका छन् । फस्टलुकमा अजय मराठा योद्धाको रुपमा देखिएका छन् । जसलाई दर्शकले निकै मन पराएका छन् । सामाजिक संजालमा उनको पोस्टर भाइरल भइरहेको छ । बलिउडका स्टारले समेत पोस्टरको तारिफ गरेका छन् । 

सार्वजनिक पोष्टरमा सैफअली खानको लुक पनि बाहिरिएको छ । ओम राउतको निर्देशन रहेको फिल्ममा अजयको अलवा काजोल र सैफअली खान पनि मुख्य भूमिकामा छन् ।

फिल्ममा अजयदेवगन मराठा ओरियर तानाजी मालुसरेको भूमिकामा छन् । सैफको भूमिका राजपुत लडाकु  जयसिंह राठौरको रहेको छ । फिल्म योद्धाहरु बीच भएको लडाईँमा आधारित छ । 

अजयदेवगन फिल्मस् र टी सिरिज प्रोडक्सनको निर्माण रहेको फिल्मको रिलिज मिति १० जनवरी २०२० का लागि तय भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप