बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

१०.२५% एसबीएल डिबेन्चर २०८३ (ऋणपत्र) नेप्सेमा सूचीकृत

मङ्गलबार, ०५ कात्तिक २०७६, १८ : २३
मङ्गलबार, ०५ कात्तिक २०७६

काठमाडौं– सिद्धार्थ बैंक र नेपाल स्टक एक्सचेन्ज बीच प्रति अंकित तथा चुक्ता मूल्य एक हजार कायम भएको २५ लाख थान १०.२५% एस.बी.एल. डिबेन्चर २०८३ (ऋणपत्र) सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ । 

बैंकले सर्वसाधारण समक्ष एनएमबी क्यापिटल लिमिटेड मार्फत् २५ लाख थान १०.२५% एस.बी.एल. डिबेन्चर २०८३ खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको २५ लाख  ऋणपत्र वितरण भई नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको छ ।

ऋणपत्र सूचीकरण सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतमले हस्ताक्षर गरे भने नेपाल स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप