बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पशुपतिबाट २० जना मगन्ते बालबालिका प्रहरी नियन्त्रणमा, अधिकांश भारतीय

बुधबार, ०६ कात्तिक २०७६, १२ : ५१
बुधबार, ०६ कात्तिक २०७६

काठमाडौँ । पशुपति मन्दिर परिसरमा माग्न बसेका २० जना बालबालिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा अधिकांश भारतीय नागरिकका छोराछोरी छन् । उनीहरु कहाँबाट र कसरी आए भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बुधबार बिहान प्रहरीको बालबालिका खोजतलास केन्द्रले उनीहरुलाई पशुपति क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

सरकारले पशुपति, स्वयम्भु लगायतका क्षेत्रलाई मगन्ते मुक्त क्षेत्र घोषणा गरेको थियो । सोही अनुसार केन्द्रले उनीहरुलाई पक्राउ गरेको हो । यस क्रममा केन्द्रले स्वयम्भु, पशुपति लगायतका क्षेत्रमा निगरानी बढाउदै आएको र त्यस्ता बालबालिका भेटाए पक्राउ गर्ने गरेको जनाएको छ ।

खोजतलास केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालका अनुसार बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदपफा २ को ञ अनुसार सनातन परम्पराबाहेक अन्य कामका लागि बालबालिकालाई माग्न लगाउन नपाइने व्यवस्था छ ।

‘बाल बालिकालाई माग्न लागाउनु पनि अपराध हो । त्यसैले उनीहरुलाई कसले माग्न लगायो हो भन्ने समेत अनुसन्धान हुँदैछ,’ प्रहरी निरीक्षक दाहालले रातोपाटीलाई बताए । उनले पक्राउ बालबालिकालाई आवश्यक सोधपुछपछि बालसुधार गृहमा पठाउने जानकारी दिए ।

तस्विर : सुवास श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप