शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘वृद्धलाई नेविसंघको अध्यक्ष बनाए सनेपामा आमरण अनसन बस्छौँ’

बुधबार, ०६ कात्तिक २०७६, १९ : ०८
बुधबार, ०६ कात्तिक २०७६

काठमाडौं – नेपाली कााग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ समिति गठन गर्दा विधानमा व्यवस्था भएको ३२ वर्षे उमेर हदलाई उल्लघंन नगर्न नेविसंघका नेताहरुले चेतावनी दिएका छन् ।

रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरि नेविसंघका विधानपक्षधर नेताहरुले विधान उल्लघन भए पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनसन बस्ने चेतावनी दिएका हुन् । 

नेविसंघको विधान २०२७ को सातौ संशोधन– २०७५ को भाग २, धारा ५ को उपधारा ५ मा ‘३२ वर्ष उमेर पूरा भएको व्यक्ति नेपाल विद्यार्थी संघको सदस्य हुन पाउने छैन’ उल्लेख छ । 

निवर्तमान केन्द्रीय समितिले सोही विधान बमोजिम विभिन्न १६ वटा जिल्लाहरुमा अधिवेशन सम्पन्न गरिसकेको थियो । यसबाहेक अन्य ४० जिल्लामा जिल्ला अधिवेशनभन्दा तल्लो तहका सम्पूर्ण कमिटीहरु गठन भइसकेका छन् । बाँकी २१ जिल्लामा भने अधिवेशन प्रक्रिया मात्रै सुरु हुन  थियो ।

नेपाल विद्यार्थी संघको ११ औं महाँधिवेशन सम्पन्न गर्नु पूर्व पनि नेपाली कांग्रेसद्वारा गठित निर्देशन समितिले पनि आउने महाधिवेशनबाट ३२ वर्षे उमेरको हदबन्दी कायम हुने प्रावधान तय गरेको थियो । सोही बमोजिम जिल्ला अधिवेशन सम्पन्न गर्न ७७ वटै जिल्लाहरुलाई निर्देशन दिइएको थियो ।

नैनसिंह महर नेतृत्वको कमिटी विघटन भएपछि पार्टीले नयाँ तदर्थ  समिति बनाउने तयारी गरिरहेको छ । तर पार्टी नेतृत्वले उक्त तदर्थ समितिमा नेविसंघको विधान उल्लघंन गर्दै ३२ वर्षभन्दा माथिकालाई नेतृत्व सुम्पन्ने तयारी गरेको भन्दै त्यसो गरे आमरण अनसन विधार्थी नेताहरुको चेतावनी छ । 

नेविसंघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले ४९ वर्षमा आफू प्रधानमन्त्री भएका सभापति शेरवहादुर देउवाले सोही उमेरका व्यक्तिलाई नेविसंघको अध्यक्ष बनाउन खोज्नु लज्जास्पद भएको बताए । 

उनले विधान विपरित आउने नेतृत्वले नेविसंघको सधारण सदस्यता वितरण गर्ने नैतिक हैसियत गुमाउने पनि बताए । ‘पार्टीभित्र विधि र विधानलाई उल्लघंन गर्दै सर्वसत्तावाद लागु गर्नु कदाचित मिल्दैन, यसका विरुद्ध हामी आमरण अनसनको हदसम्म जान तयार छौं’, त्रिपाठीले भने ।  ‘नेविसंघलाई वृद्ध संघ बनाउने चेष्टा गर्नु लोकतन्त्रको उपहास हो भन्ने ठहर गरेका छौ’, विज्ञप्तिमा भनिएको छ ।

नेविसंघ नेता महेन्द्र भट्टराईले विधान विपरित समिति आए आमरण अनसनसहितको आन्दोलनले त्यसलाई खारेज खराई विधान सम्मत समिति ल्याउन पार्टी नेतृत्वलाई बाध्य पारिने बताए ।

नेविसंघ नेता योगेन्द्र रावलले नेविसंघलाई कुनैपनि हालतमा वृद्ध संघ बन्न नदिने बताउँदै वृद्धहरुले कक्षा कोठाको भावना बुझ्न नसक्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप