बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व बैंकको निश्कर्षः नेपालको व्यापार–व्यवसायको वातावरणमा उल्लेख्य सुधार

बिहीबार, ०७ कात्तिक २०७६, १६ : ३०
बिहीबार, ०७ कात्तिक २०७६

काठमाडौं– नेपालमा व्यापार–व्यवसायको वातावरणमा उल्लेख्य सुधार भएको र त्यसका लागि दक्षिण एसियामा नै तेस्रो स्थानमा पुग्न सफल भएको एउटा अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनले देखाएको छ । विश्व बैंक समूहले आज वासिङटन डिसीमा जारी गरेको ‘डुइङ बिजनेस २०२०’ अध्ययन प्रतिवेदनले नेपालमा व्यवसायको वातावरणमा उल्लेख्य प्रगति भई भारत र भुटानपछि तेस्रो स्थानमा रहेको जनाएको छ । 

उक्त प्रतिवेनअनुसार प्रगति उन्मुख दक्षिण एशियाली मुलुकहरूको सूचीमा श्रीलङ्का चौथो, पाकिस्तान पाचौँ, मालदिभ्स छैटौँ, बङ्गलादेश सातौँ र अफगानिस्तान अन्तिम स्थानमा छन् । नेपालले विद्युतीय दर्ता प्रणाली, भूमि व्यवस्थापन पद्धति, वाणिज्य न्याय प्रणालीलगायत चार क्षेत्रमा उल्लेख्य सुधार गरेको प्रतिवेदनमा जनाइएको छ । 

नेपाल–भारत सीमाक्षेत्र वीरगञ्जमा एकीकृत जाँच चौकी स्थापनासँगै आयात–निर्यातको लागत र समयमा उल्लेख्य सुधार भएको प्रतिवेदनमा उल्लेख छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप