शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘सन्नी लियोनीलाई फूलमालाले स्वागत गर्नेहरु अहिले चाहिँ किन चुप ?’

शुक्रबार, ०८ कात्तिक २०७६, ०९ : ००
शुक्रबार, ०८ कात्तिक २०७६

चर्चित र्‍यापर समिर घिसिङ उर्फ भिटेन बिहिबार जाउलाखेलबाट पक्राउ परे ।

उनको पछिल्लो चर्चित गीत ‘हामी यस्तै त हो नि ब्रो’ का शब्द र सामाजिक संजालमा राखिएको तस्बिरमा आपत्ति जनाउँदै उनलाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।

भिटेन पक्राउ परेपछि उनको समर्थनमा फेसबुकका भित्ता रंगीन थालेका छन् । गायकलगायत सर्वसाधारण भिटेनको समर्थनमा उत्रिएका छन् । यद्यपि, कतिले भने उनी पक्राउ पर्नु जायज हो भन्ने आशयका कमेन्टमा गरिरहेका छन् ।

चर्चित रक गायक स्वपनिल शर्माले बिहिबार अबेर राती भिटेनको गीतमा आफूलाई कुनै रुची नभएपनि उनको समर्थनमा उत्रन मन लागेको बताएका छन् । आफ्नो स्टेटसमार्फत् उनले कलाकार संघमाथि पनि कटाक्ष गरेका छन् ।

स्वप्निलले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा लेखेका छन्, ‘भाइको गीतसँग मलाई कुनै रुची छैन,  न त शब्द चयनसँग । न त हाम्रो कुनै मोड्मा भेट नै भाको छ । न त हामीले कहिल्यै कुनै सामाजिक सन्जाल मा आत्मियता नै देखाएका छौं ।’

उनले थपेका छन्, ‘तर आज जे समाचार सुने, त्यो सुन्दा एक्लई भए पनी झन्डा बोकेर भाई को समर्थन मा उत्रन मन लागेको छ । तर के को झन्डा बोकौं म रु नेपाली भन्न डर लागेको छ यो अवस्था मा ! अनी कलाकार को कुनै झन्डा हुन्न ,मात्र छ त केहि नालायक हरुको झुन्ड मात्र जसलाई कलाकार संघ भनिन्छ । कहाँ गएर सहयोग माग्ने हामीले ?’

‘अब शब्द छनोट पछि हामीले प्रशाशन सँग अनुमती पत्र माग्नु पर्ने कानून त आउन लागेको हैन ?’ उनले लेखेका छन्, ‘ यस्तो बेला मा हरियो कागज फालेर,  रातो र निलो कागज बनाउने मेरा कलाकार मित्रहरुलाई पहिलो चोटी बधाइ दिन मनलाग्यो । यो देश मा कलाकारहरुले हरेक कर्म को मोल चुकाउन पर्छ । के यसैको लागि स्वदेश फर्किने ?’

‘कोइ छैन यस बेला हामिलाई सहयोग गर्ने ? के हामी कलाकारहरु आफ्नै पालो कुरेर बसेका हौं ?,’ उनले लेखेका छन् ।

यस्तै, गीतकार एवं गायक कालीप्रसाद बास्कोटा पनि भिटेनको समर्थनमा आएका छन् ।

उनले पनि आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा सरकारलाई सम्बोधन गर्दै ‘र्‍यापर’ र ‘रेपर’ मा आकाश पातालको फरक हुने बताउँदै त्यसै अनुरुप आफ्नो प्राथमिकता परिवर्तन गर्न सुझाएका छन् ।

उनको स्टेटसमा थुप्रैले कमेन्ट गरेका छन् । जसमध्ये सुदिप जंग नामको फेसबुक अकाउन्टले लेखेका छन्, ‘कला प्रस्तुतीको समग्र शैली र प्रयोग भएका शब्दप्रती असहमत हुन सकिन्छ। त्यसलाई फरक ढंगले सम्बोधन गरि मर्यादित बनाउने बिकल्प पनि होला तर यसरी यस्ता हरेक घटनामा प्रहरी गिरफ्तारी र मुद्दामामिला मात्रै स्थायी समाधान पक्कै होइन होला ?  #freevten

साथै, जीवन अर्यालले लेखेका छन्, ‘गीतले दिएको सन्देशले कानून विपरितका कामलाई प्रोत्साहन गर्नुहुँदैन । (न दुर्गेशलाई, न भिटेनलाई) मलाई लाग्छ जेल त हालेकै छैन । सरकार भनेको सबैको अभिभावक हो । त्यसैले बाटो बिराउन खोज्ने आफ्ना सन्तानलाई सम्झाउन खोजेको हो । समाज भन्ने शब्दावलीको बृहत्तर अर्थ छ, त्यसको मानसिक हित भन्दा बढी 'गायक' को त्यस्तो 'अधिकार' प्राथमिक नहोला कि ? कसलाई कहाँ लागेर।। गर्छु समेत भनिएको गीतमा सोधपुछ गर्नु पर्दैन होला त ? कलाकार राष्ट्रका गहना हुन् । जोगाउनु पर्छ । सोधपुछ गरेर, आइन्दा शब्द चयनमा ध्यानदिने सर्तमा छोड्नु पर्छ ।’

यसका साथै कान्ती गुरुङ श्रेष्ठले लेखेकी छिन्, ‘सन्नी लियोनीलाई फुलमालाले स्वागत गर्नेहरु अहिले चै किन चुप।।।। MwithVten #freevten

यस्तै कतिले भने भिटेनलाई पक्राउ गर्नु जायज हो पनि भनिरहेका छन् ।


संजीव न्यौपानेले लेखेका छन्, ‘समाज भड्काउने र बच्चा , आमा बुवा सङ्ग बसेर सुन्न नसकिने शब्द बोलेर बिकृती फैलाउनेहरुलाई कडा कारबाही हुनुपर्छ । स्वतन्त्रताको नाममा यस्तो कुरामा सहमत हुन सकिन्नँ ।’

साथै, नारायण प्रसाद नामको फेसबुक अकाउन्टमा लेखिएको छ, ‘गायक ले मर्यादा मा रहेर गीत गाउनु पर्छ जे मन लाग्यो त्यो शब्द प्रयोग गर्न थाल्यो भने त सक्किगोनी र भद्रगोल हुन्छ त बिबाद कैले अन्त्य नहुने गरि #कानुनकोपालनागर्हौ’

श्याम श्रेष्ठले भने कालीप्रसाद भिटेनको समर्थनमा उत्रिएकोले उनीप्रतिको सम्मान नै गुमेको बताएका छन् । उनले लेखेका छन्, ‘हिन्दीमा एउटा भनाई छ 'चोर चोर मौसेरे भाई' तपाइक सपोर्ट भी-टेन जस्तो तल्लो स्तरको अनि गैरजिम्मेवार जसको समाज प्रति एक रत्ति पनि दाइत्व देखिएन लाई देख्दा यो उखान प्रयोग गर्न बाध्य भए!!! थाइल्याण्डको माल हान्छु, गाजा हान्छु, हग्न आउछु काठमाडौं मा, डीएसपी ले अटोग्राफ माग्छ ।।। Good taste !!! you lost my respect for you!!!! ’

उनले अर्को कमेन्ट पनि गरेका छन् जसमा लेखिएको छ, ‘आफ्नो इज्जत को ख्याल नभए नि नेपाल आइडल जस्तो ठुलो ब्रान्ड को त ख्याल गर्नु पर्थ्यो !!! # यस्ता पनि नेपाल आइडल को जज !!!’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप